Saturday, May 08, 2010

प्रमुख र कन्सल्टेन्ट बीच रकमको कुरा नमिले पछि मुस्ताङको बिकास अनिश्चित

मुस्ताङको बिकासका लागि १९ महिना देखि शुरु भएको ठुलो लगानिको ग्रामिण पुन निर्माण तथा पुनः स्थापना जिल्ला आयोजना, -च्च्च्क्म्ए) कार्यक्रम  अनिश्चित बन्न थालेको छ ।

र्सर्बे गलत भएको भन्दै कागजी रुपमा मिलाउन आयोजनाका लागि कन्सल्टेन्ट गौरब एकीकृत बिकास परामर्श सेवा केन्द्र, जिडा -न्क्ष्म्ब्) काठमाण्डौसग जिल्ला प्राविधिक कार्यालया प्रमुख इन्जिनियर प्रदिप बहादुर सिह यादबले रकम माग गरेपछि आयोजना अनिश्चित बन्न थालेका हो ।

त्रिपल आर एस डि पि मुस्ताङको कन्सल्टेन्ट जिडा -न्क्ष्म्ब्) काठमाण्डौसग प्राविधिक कार्यालयका इन्जिनियर यादबले र्सर्बे गलत भएको भन्दै मिलाउनका लागि रकम दिनु पर्ने अन्यथा आयोजनानै रद्ध गरिदिने धम्की दिएको कन्सल्टेन्ट जिडाका कर्मचारीहरुले बतायका छन ।

 जिल्लामा सञ्चालन हुने विभिन्न दातृ निकायको ऋण सहयोग अनुदानमा विभिन्न  शिर्षमा बिकास निर्माण गरीनु पर्ने, ए.डी.बि को नियमानुसार नियुक्ती गरिएको कन्सल्टेन्सी गौरब एकीकृत बिकास परामर्श सेवा केन्द्र, जिडा -न्क्ष्म्ब्) काठमाण्डौलेे गरेको गलत र्सर्वेलाई रकम उपलब्ध गराइए मात्र मिलाउने शर्तमा कन्सल्टेन्सीबाट मोटो रकम माग गरेको  जिडाका लेखापाल राजन श्रेष्ठले टेलिफोनबाट खुलासा गरेका छन । रकम उपलब्ध नगराए आयोजनालाई मेलम्ची जस्तो बनाउने धम्की यादबले दिएको श्रेष्ठले बतायका छन ।

जिडा प्रमुख मगल श्रेष्ठ २० हजार रुपैया दिन तयार रहेको तर इन्जिनियर यादबले ८० हजार रुपैया दिएमात्र कागजी प्रक्रिया मिलाउनेे धम्की दिएको जिडाका कर्मचारीहरुले बतायका छन ।

 कार्यालय प्रमुखका कारण ब्यबस्थापन भद्रगोल भएको, जिडाले यथार्थ काम नगरी कागजी प्रक्रियामात्र पुरर्‍याउन खोजेको भन्दै इन्जिनियर यादबुले रकम नमागेको र गलत कामको आफुबाट स्विकृति नहुने बतायका छन ।

 म काममा बिश्वास गर्छु यहा आएको ८ /९ दिन मात्र भयो जनताको पक्षमा काम गर्न नसके म मुस्ताङ बस्दिन उनले भने ।

 आयोजनाको  जिल्ला प्रमुख समेत जिल्ला प्राबिधिक कार्यालयका प्रमुख एव जिल्ला इन्जिनियर हुने प्राबधान छ । आयोजनाले जोमसोम देखि उपल्लो मुस्ताङ सम्म मोटर बाटो बनाउने, वरपरका क्षेत्रमा बिद्यालय, खानेपानी तटबन्ध, झेलुगे पुल बनाउने गर्ने उद्वेश्य राखेको छ ।

यथार्थ कार्य नगरी यसरी पैसाको लेनदेन हुनुमा जिडा समेत जिम्मेबार रहेको मस्ताङीरुको आरोप छ । आयोजनाका लागि करिब ३५ करोड रुपैया छुट्याइएको भएपनि हाल सम्म कागजी प्रक्रिया मात्र अगाडि बढेको र कुनै ठोस काम हुन सकेको छैन । ३५ महिनाको आयोजना म्याद नथपे  आउदो मसिरमा समाप्त हुनेछ ।  

२०६७ बैशाख २४ गते दिउँसो १२.१५ बजे                       चन्दे्रश्वर बस्ताकोटी जोमसोम,

No comments: