Wednesday, May 05, 2010

म्याग्दीको उत्तरी भेगमा मुस्ताङबाट फर्केका पर्यटकहरु अलपत्र

नेपालको पर्यटकीय क्षेत्र मानिने म्याग्दीको उत्तरी भेगमा मुस्ताङबाट फर्केका पर्यटकहरु आमहडतालले गर्दा अलपत्र परेका छन् ।

  मुस्ताङ सदरमुकाम जोमसोमदेखि घासासम्म सवारी चलेका कारण पर्यटकहरु घासा दाना क्षेत्रसम्म आईपुगेपनि म्याग्दीमा सवारी नचलेका कारण सोही क्षेत्रमा बस्न बाध्य भएका हुन् ।  

मुक्तिनाथ दर्शनका लागि आएका भारतीय पर्यटकका साथै विभिन्न देशबाट आएका पर्यटकहरु म्याग्दी क्षेत्रमा सवारी साधन नचलेपछि आफूले सोंचेको र चाहेको होटलमा पुग्न नसकेका त्याहाबाट गोविन्द बरुवालले बताउनु भयको छ । पर्यटकहरु बीच बाटोमै सानो तिनो घर टहरामा सुविधा विहिन भएर रात बिताउन बाध्य भएका छन् । बन्दकै कारण पर्यटन व्यवसायमा ठूलो असर परेको दानाका  स्थानीय होटल व्यवसायी कविन तुलाचनले बताउँनु भयको छ ।

२०६७ वैशाख २२ गते बुधवार, मध्यान्ह १२ १५,                                            गोविन्द बरुवाल दाना

No comments: