Tuesday, May 11, 2010

बेनी दूधको अभाव

सुख्खा मौसमको सुरुवातसँगै जिल्ला सदरमुकाम बेनीमा दूधको अपर्ुर्तीमा कमि आएको छ ।

कम उत्पादन भएकाले कृषकहरूले माग अनुसारको दूध आपर्ुर्ती गर्न नसकेपछि बजारमा दूधको अभाव भएको दूग्ध व्यवसायी संघ, म्याग्दीका सचिव किशोर बानीयाले बताउनुभयो ।

पर्याप्त दूध नहुँदा बेनीका होटल र चिया पसलहरू प्रभावित भएका छन् । माग अनुसारको दूध आपुती नहुँदा ब्यवसाय प्रभावित बनेको ब्यवसायी लिलाधर रीजालले बताउनुभयो ।

अर्थुङ्गे, घतान, पुलाचौर, भकिम्ली, ज्यामरुककोट, सिङ्गा लगायतका दूग्ध संकलन केन्द्रमा कृषकले दूध कम ल्याउन थालेका छन् । केन्द्रमा कम दूध संकलन भएकाले बजारमा आपर्ूर्ती घटेको हो ।

संघका सचिव बानियाँका अनुसार अन्य महिनाको तुलनामा बैशाखमा ५० प्रतिशत कम दूध आपर्ुर्ती भएको छ । जिल्ला पशु सेवा कार्यालय, म्याग्दीका अनुसार बेनीमा दैनिक एक हजार लिटर भन्दा बढी दूध खपत हुन्छ ।
२०६७ बैशाख २८ गते दिउँसो १२.१५ बजे               सुरत केसी सन्तोष गौतम

No comments: