Wednesday, May 05, 2010

अडतालबाट भरियाको जिवनयापन कष्टपर्ण्


एकिकृत नेकपा माओवादीले आव्हान गरेको अनिश्चितकालीन आमहडतालका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका निम्न वर्गिय समुदायको जिवनयापन कष्ट पूर्ण  बनेको छ ।

सदरमुकाम बेनी, पर्वत बेनी, गलेश्वर, दरबाङ लगायतका ठाउँमा ज्याला मजदुरी र भरिया पेशा गरेर जिविकोपार्जन गर्दै आएकाहरू समस्यामा परेका हुन् । उनिहरूले काम गर्न नपाएपछि भोकभोकै बन्नुपर्ने समस्या आएको बताएका छन् ।

"कामनै नपाएपछि बिहान बेलुकी हातमुख जोर्न समेत धौ धौ भएको छ" बेनीमा भरिया पेशा गर्दै आएका जितमान बिकले भन्नुभयो "हुने खानेलाई त कुनै समस्या परेको छैन होला, हामी जस्ता मजदुरहरू भोकै बस्नु पर्ने अवस्था आएको छ ।" 

आफू संगै काम गर्ने गरेका  २० जना भन्दा बढी भरीया र तिनमा आश्रीत परिवार हडतालका कारण समस्यामा परेका उहाँले बताउनुभयो । अन्य समय दैनिक ३ देखि ५ सय सम्म कमाई गरेपनि ४ दिनदेखि एक पैसा पनि आम्दानी नभएको अर्का भरिया कर्म दर्जीले बताउनुभयो । 

त्यस्तै बालुवा निकाल्ने, गिट्टी कुट्ने, फर्निचार, ग्यारेज र निर्माण क्षेत्रमा काम गर्दै आएका मजदुरहरू पनि हडतालका कारण चिन्तित बनेका छन् । "काम नपाएर के खाने ५ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ" निर्माण मजदुर चन्द्र दर्जीले भन्नुभयो "आन्दोलनमा जाने, भाषण सुन्ने गरेर दिन बिताएपनि बिहान बेलुकी खान त पर्छ कसरी बाँच्ने -"

 सुरत केसी/म्याग्दी वैशाख २२ गते


No comments: