Sunday, May 16, 2010

महिलाको सक्रियतामा सामुदायीक भवन निर्माण

सामुहीक एकता भयो भने विकास निर्माणका काम गर्न महिला पनि पछि पर्दैनन् भन्ने उदाहरण म्याग्दीको दरबाङ दिच्यामका महिलाहरूले प्रस्तुत गरेका छन् ।

दिच्यामका महिलाहरूले घर, बारीको कामबाट बचेको फर्ुसदको समयको सदुपयोग गर्दै सांस्कृतीक कार्यक्रम गरेर संकलन गरेको रकम लगानी गरेर सामुदायीक भवन निर्माण गरेका हुन् ।

दरबाङ ८ दिच्यामका महिलाहरूको सक्रियतामा १ कोठे सभाहल सहितको ४ कोठे भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि स्थानीय पशुपति कडेल, डिलाराम कडेल, टंकप्रसाद कडेल र बालकुमार कडेलले स्वर्गीय बुवा आमाको स्मृतीमा करिब २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

स्थानीय प्रगतीशिल आमा समुहको अगुवाईमा त्यहाँका ८० घरपरिवारले श्रम गरेर भवन बनाएका हुन् । समुहमा आवद्ध महिलाहरूले नाचागानबाट संकलन गरेको सात लाख ४१ हजार रुपैयाको लागतमा निर्मित भवन आमा समुहको कार्यालय प्रयोजन तथा सामुदायिक काममा प्रयोग गरीने समुहकी अध्यक्ष धनमाया पुनले बताउनुभयो ।

"२०५३ सालदेखि लाहुरे, बिवाह र किरियाघरमा नाचगान गरेर कोष स्थापना गरेका थियौ" समुहकी सचिव ओमदेवि रोकाले भन्नुभयो "समुदाय मिलेर महिलाको नेतत्वमा भवन निर्माण भएको हो ।"

'जग खन्ने, बालुवा बोक्ने, ढलान गर्ने, निर्माण सामाग्री जुटाउने काम स्थानीयबासी मिलेर गरेका थिए' सचिव रोकाले भन्नुभयो 'भवन निर्माण गर्न पुरुषहरूले पनि सघाएका छन् ।'

दिच्यामका महिलाहरूले विबिध सांस्कृतीक कार्यक्रम गरेर रकम संकलन गरी स्थानीय भगवती निमावीका शिक्षकलाई तलव सहयोग, सडक, बाटो, खानेपानी आदि सामाजिक काममा लगानी गर्ने गरेका छन् ।

No comments: