Thursday, May 06, 2010

तीन वटा कार्यालय तोडफोड

एकिकृत नेकपा माओवादीका कार्याकर्ताहरूले बिहीबार म्याग्दीको सदरमुकाम बेनीस्थित ३ वटा सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

आमहडतालको क्रममा बन्द आव्हान गर्दै हिँडेका उनिहरूले जिल्ला पशु सेवा, वन र महिला विकास कार्यालयमा तोडफोड गरेका हुन् ।

आमहडतालको समयमा बन्द नगरेको भन्दै आक्रोशित बनेका लौरोधारी कार्यकर्ताले कार्यालयमा रहेका फर्नीचर र अन्य सामाग्री तोडफोड गरेका कार्यालयहरूले जनाएका छन् । तोडफोडबाट कार्यालयहरूमा सामान्य क्षत्ती पुगेको छ ।

आईतबारदेखि देशब्यापी आमहडतालको आव्हान गरेको एकिकृत नेकपा माओवादीले बिहीबार बेनीमा सरकारका मन्त्रीहरूको बिरोध गर्दै मर्ुदा जुलुस गरेको छ ।

 जुलुसपछि जिल्ला प्रशासन कार्यालय अगाडी भएको कोणसभामा संयुक्त जनआन्दोलन नेपालका जिल्ला अध्यक्ष रेशम जुक्जाली, एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सल्लाहकार चन्द्रबहादुर घिमीरे, अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रकाश वि.क लगायतले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरूले वर्तमान सरकारले राजिनामा नदिँदासम्म आन्दोदन जारी राख्ने र हिंसा भड्काउन खोजे प्रतिकार गर्ने बताएका थिए । सो कोणसभाका वत्ताहरूले शान्ति स्थापना र नयाँ संविधान निर्माण गर्न वर्तमान सरकारले राजिनामा दिएर एकिकृत नेकपा माओवादीको नेतृत्वमा संयुक्त सरकार गठन हुनुपर्ने बताउनुभएको थियो ।

वर्तमान सरकारले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने उहाँहरूको भनाई थियो । सो कोणसभाको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सहसचिव रामप्रसाद शर्माले गर्नुभएको थियो ।

२०६७ बैशाख २३ गते दिउँसो ४ बजे                                          सन्तोष गौतम

No comments: