Thursday, May 06, 2010

बुद्ध जयन्ती मुल समारोह समिति गठन

आगामी जेठ ११ गतेदेखि १३ गते २६३४ औ वुद्ध जयन्ति मनाउन म्याग्दीमा मुल समाहरोह समिति म्याग्दी गठन भएको छ ।

म्याग्दी बौद्ध संघको संयोजकत्वमा नेपाल मगर बौद्ध सेवा समिति म्याग्दी, नेपाल छन्त्याल संघ प्रारम्भीक समिति बेनी, तमु सेवा समाज म्याग्दी, महिला बौद्ध संघ म्याग्दी, यूवा बौद्ध संघ म्याग्दी, शाक्य समाज म्याग्दी, नेपाल मगर विद्यार्थी संघ म्याग्दी र संस्थापक प्रकाश कुमार श्रेष्ठ सदस्य रहनु भएको समिति गठन भएको हो ।

बुद्ध जयन्ती तथा लुम्विनी दिवस भब्यरुपमा सम्पन्न गर्न अर्थ संकलन, प्रचार प्रसार, ज्ञानमाला भजन, मन्च व्यावस्थापन, शान्ति पदयात्रा, रथयात्रा तथा दिपावली, स्वयमस्ोवक परिचालन र भोजन ब्यावस्थाप गरि आठ उपसमिति पनि गठन गरिएको युवा बौद्ध संघ म्याग्दीका लोकेश पुन मगरले जनाउनुभएको छ ।

जेठ ११ देखि १३ गतेसम्म संञ्चालन हुने कार्यक्रम अन्तरगत पहिलो दिन बुद्ध पूजा, धर्मदेशना, ज्ञानमाला भजनका साथै अन्तर मा.वि.बौद्ध हाजिरी जबाफ रनिङ्ग शिल प्रतियोगिता सम्पन्न हुने छ ।

No comments: