Wednesday, May 19, 2010

सिमा बिवादले यार्सगुम्बा संकलन हुन सकेन्

म्याग्दीको दाना र मुस्ताङको लेते गाविसको सिमा बिवादले यस वर्षदर्ुइ जिल्ल्ााको सिमानामा यार्सगुम्बा  संकलन हुन सकेको छैन् ।

लेते संरक्षण समितिले दुवै जिल्लाको सिमा क्षेत्रमा पर्ने लोसो डाँडा र कोखे लेकमा यसवर्ष यार्सगुम्बा  संकलनमा रोक लगाएको छ । सिमा बिवादका कारण कसले कहाँ संकलन गर्ने हो भन्ने निश्चित हुन नसक्दा यार्सगुम्बा संकलन हुन नसकेको हो ।

विगतका वर्षा संयौ मानिसहरू यार्सगुम्बा  टिप्न जाने लोसोडाँडा र कोखे लेकमा यस वर्षयार्सगुम्बा  टिप्न जिल्लाबाहीरका छिटपुट ब्यक्तीबाहेक स्थानीयबासी नगएका लेते घाँसाका बिक्रम गौचनले बताउनुभयो । सो बिवादीत सिमा क्षेत्र वरपरको जंगल र जडिवुटी उपभोग गर्दै आएका म्याग्दी दानाका बासिन्दाले भने समितिले बिनाकुनै जानकारी यार्सर्ााम्बा टिप्न रोक लगाएको गुनासो गरेका छन् ।

स्थानीयबासीहरूका अनुसार विगतमा सो क्षेत्रमा ८ देखि १० किलोग्राम यार्सर्ााम्बा संकलन हुने गरेको थियो । सिमा एकिन हुन नसक्दा लेते र दाना गाविसका बासिन्दाबिच जंगल, जडिवुटी र चरन क्षेत्र उपभोगमा केही वर्षता बिवाद उत्पन्न हुँदै आएको छ ।

जडिवुटी संकलनका क्रममा हुन सक्ने संम्भावीत झडपको स्थितीलाई रोक्न यार्सर्ााम्बा संकलन नगर्ने निर्ण्र्ाागरिएको संरक्षण समिति लेते, मुस्ताङले जनाएको छ । सिमा समस्या समाधान गरिदिन सम्बन्धित निकायसमक्ष अनुरोध गरेपनि बेवास्ता भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

No comments: