Sunday, May 16, 2010

निकट युवा संघ, म्याग्दीले २० औं स्थापना दिवस मनायो

नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपाल , म्याग्दीले आफ्नो २० औं स्थापना दिवसको अवसरमा शनिवार बेनी बजार सरफाई, डस्बिन तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संघ नेपालका  केन्द्रिय सचिवालय सदस्य बालकृष्ण सुवेदी, केन्द्रीय सदस्य सन्तोष रावल, जिल्ला अध्यक्ष कृष्ण वि.क., युथफोर्सका जिल्ला अध्यक्ष हिक्मत श्रेष्ठ लगायतको सहभागीतामा युवासंघ म्याग्दी ले वेनी बजार सरसफाई गरि चोक चोकमा डस्बिन तथा जिल्ला अस्पतालका १५ जना विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

बजार सरसफाई, डस्बिन एवं फलफूल वितरण कार्यक्रमपछि एमाले म्याग्दीको पार्टर्ीीार्यालयमा सम्पन्न कोण सभालाई सम्बोदन गदै सचिवालय सदस्य बालकृष्ण सुवेदीले युवा संघ नेपालले युथफोर्स गठन गरि सामाजिक एवं नागरिक सुरक्षामा महत्वपर्ूण्ा योगदान दिएको र अहिले युथफोर्स नागरिक सुरक्षाको पयार्यवाची बनेको बताउनु भयको थियो । उहाँले युवा संघ नेपाल राष्ट्रव्यापी रुपमा नै सामाजिक परिवर्तन, सृजनात्मक क्रियाकलाप, युवा सरोकारका कार्यक्रमहरुका साथै, राष्ट्रिय स्वाधिनता र सामाजिक सुरक्षाका लागि प्रतिवद्ध भएको बताउनुभयको थियो ।
 
कोण सभालाई समापन गर्दै युवासंघ, म्याग्दीका अध्यक्ष कृष्ण वि.क.ले युवा संघ नेपालले सामाजिक र रचनात्मक क्रियाकलापमा मात्र नभएर स्वाधिनताको पक्षमा संर्घष्ा गर्दै आयकाले जनताको अपार र्समर्थन प्राप्त गर्न सफल रहेको बताउनु भएको थियो ।

२०६७ जेठ १ गते दिउसो २.०० वजे                                            नरेश श्रेष्ठ/ दिपक राज भण्डारी

No comments: