Monday, May 17, 2010

ठूलोखोलामा माछा पाईन छाडे

स्वादिलो माछाका परिकारले जिल्लामै प्रसिद्धि कमाएको म्याग्दीको रत्नेचौर गाविसमा पर्ने ठूलो खोलामा केही वर्षता माछा पाईन छाडेका छन् ।

म्याग्दी र बागलुङको सिमानामा पर्ने ठूलोखोलामा माछा पाईन छाडेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएका स्थानीयबासीले आफ्नो पुरानो आयस्रोत गुमाएका छन् ।

स्थानीयबासीहरूका अनुसार विद्युत करेन्ट प्रयोग गरेर माछा मार्ने र पानीको स्रोत अभावमा माछा पाईन छाडेका हुन् । मुहानमै पाईप जडान गरेर गाउँमा पानी ल्याउनाले खोला सुक्न थालेको छ ।

रत्नेचौर अर्जमका युवा दानबहादुर थापाले माछा पाईन छाडेपछि परम्परागत र सांस्कृतीक संस्कारलाई निरन्तरता दिन पनि कठिन भएको गुनासो गर्नुभयो । प्रत्येक वर्षो जेठ महिनामा स्थानीय मगर समुदायले मनाउने धुले मेला पर्वमा माछाको परिकार उपभोग गर्ने चलन लोप हुन थालेको छ ।

"पहिले एक, दर्ुइ घण्टामा ४/५ किलो माछा मार्न सकिने खोलामा अहिले दिनभर खोज्दा समेत १ किलो माछा पाउन पनि कठिन हुन्छ" थापाले भन्नुभयो । अर्जममा मनाईने धुले मेला पर्वमा माछालाई बिषेश परिकारको रुपमा उपभोग गर्ने चलन छ ।

कुनै समय बेनी र बागलुङमा प्रसिद्धी कमाएको ठूलो खोलाको असला र स्थानीय जातका माछा लोप भएका हुन् ।

No comments: