Saturday, May 08, 2010

जिल्ला परिषद् स्थगित भएपछि स्थानीयबासी चिन्तित

आगामी एक वर्षरि जिल्लामा सञ्चालन गरिने विकास योजना र अन्य कार्यक्रमको बारेमा योजना बनाउन आयोजना गरिएको जिल्ला परिषद् स्थगीत भएपछि हिमालपारीको जिल्ला मुस्ताङका र्सवसाधारण चिन्तित भएका छन् ।

बिहीबार हुने भनिएको जिविस मुस्ताङको जिल्ला परिषद् वर्तमान असहज राजनितिक परिस्थितीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । सबै तयारी भएर अन्तिम अवस्थामा परिषद् स्थगीत गर्नुभएको स्थानीय विकास अधिकारी मणीकुमार ज्ञवालीले बताउनुभयो ।

परिषद् आफ्ना समस्या र योजनाको बारेमा छलफल हुने आशा गरेका जिल्लाका विभिन्न स्थानका बासीन्दा परिषद् स्थगित भएपछि निराश बनेका हुन् । माओवादीले सहभागि हुन नसक्ने जनाएपछि परिषद् स्थगित भएको हो ।

सहमतीमा आमहडतालको प्रभाव पर्न नदिएका मुस्ताङबासीले परिषद् स्थगीत हुँदा जिल्लाको विकास निर्माणका काम प्रभावीत हुने भन्दै दुख व्यक्त गरेको जोमसोमबाट पर्जु गुरूङले जनाउनुभएको छ ।

छिट्टै स्थगित जिल्ला परिषद् सञ्चालन गर्न दवाव दिनका लागि शुक्रबार जिल्लाका विभिन्न ठाउँका बासीन्दा र युवाहरू जिविसमा डेलीगेसन गएका थिए ।

२०६७ बैशाख २४ गते दिउँसो ४ बजे                                                पर्जु गुरूङ

No comments: