Tuesday, May 11, 2010

उपल्लो मुस्ताङमा तीजी पर्व सुरु

उपल्लो मुस्ताङका बासिन्दाहरूको प्रमुख चाड तीजी पर्व सोमबारदेखि सुरु भएको छ ।
तीजीको अवसरमा आपसी खुसी र सदभाव् साट्न उपल्लो मुस्ताङका लोमान्थाङ, सर्ुखाङ, घमी, चराङ, छुसाङ र मुक्तिनाथका बासिन्दा लोमान्थाङमा भेला भएका छन् ।

अनलाईन सूचना संस्था मुस्ताङ तीजी फेस्टीबल २०१० डट कममा जनाईए अनुसार १८ औ शताब्दीका १५औ मुस्ताङी राजा लोवो केन्चेले जनताका दुख बुझ्न, उनीहरूलाई साहनुभुती प्रकट गर्न जनतालाई भेला गराउँथे ।

सोही क्रममा विभिन्न खेलकुद प्रतियोगिता, नाचगान र दैवी प्रकोपका घटना नहुन भन्ने कामना गर्ने चलन थियो । प्रत्येक वर्षो बैशाख अथवा जेठमा र्सवसाधारणलाई भेला गराउने यो चलन पछि तीजी पर्वको रुपमा विकास भएको मान्यता छ । तीजी पर्व लाई तेच्ची पनि भन्ने गरिन्छ ।

पछिल्लो समय शान्ती र आशा को संकेत गर्ने पर्वको रुपमा अन्नपर्ूण्ा क्षेत्र संरक्षण आयोजना -एक्याप)ले पर्वको आयोजना गर्दै आएको चन्द्रेश्वर बस्ताकोटीले जनाउनुभयो । लोमान्थाङको छ्योदे गुम्बा परिषसमा तीन दिन सम्म बौद्ध धर्मावलम्बीहरूले पुजाआजा गरेर पर्व मनाउँछन् ।

एउटै पर्खालभित्र अवस्थित लोमान्थाङमा पर्व को अवलोकन गर्न संयौ विदेशी पर्यटकहरू त्यसतर्फगएका छन् । यो सिजनमा मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूका लागि तीजी पर्व प्रमुख पर्यटकीय आकर्षा भएको अन्नपर्ूण्ा क्षेत्र संरक्षण आयोजना -एक्यापर्)र् इलाका कार्यालय लोमान्थाङका प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।

तीजी पर्वमा स्थानीय समुदायको उपल्लो मुस्ताङमा बसोबास गर्ने गुरूङ र बिष्ट समुदायको झाँकी, परम्परागत नृत्य र गित प्रस्तुत हुन्छ । पर्व अवधिभर बिवाह योग्य बरु बधुले स्थानीय परम्परा अनुसार बिवाह गर्ने चलन छ । पारिवारीक सहमतिमा घरबाटै चोरेको नाटकीय शैलीमा केटाले केटीलाई भगाएर बिवाह गर्ने चलन यो पर्वतको रोचक प्रशंग हो ।
२०६७ बैशाख २८ गते दिउँसो १२.१५ बजे               सुरत केसी  सन्तोष गौतम

No comments: