Friday, May 07, 2010

स्थानीयबासीको सक्रियतामा खेलमैदान निर्माण

स्थानीयबासीको सक्रियतामा म्याग्दीको बरङ्जा स्थित महेन्द्ररत्न उच्च् माविमा खेलमैदान निर्माण भएको छ ।

८४ हजार रुपैयाको लागतमा करिब २ सय मिटर लामो र ४५ मिटर चौडा भएको खेलमैदान निर्माण भएको स्थानिय कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

अभिभावक र र्सवसाधारणबाट चन्दा संकलन गरेर मैदान निर्माण गर्दाको लगानी भुक्तानि गरिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रोकाले बताउनुभयो ।

विद्यालयका शिक्षक वृद्धीबहादुर र्घर्तीका अनुसार सो खेलमैदानमा भलिवल, बास्केटबल र फुटबल खेल खेलाउन सकिन्छ । मैदानमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता पनि आयोजना गर्न सकिने विद्यालयले जनाएको छ ।

साँघुरो खेलमैदानका कारण प्रतिभा प्रफुटन गर्न नपाएका खेलाडीहरू उत्साहीत भएका छन् ।

No comments: