Wednesday, May 05, 2010

रुप्से झरनाको संरक्षण तथा पर्रवर्द्धनकालागि स्थानिय सक्रीय

पर्यटन सँगसँगै भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षसन् २०११ लाई मध्यनजर राख्दै म्याग्दीको उत्तरी भेगमा पर्ने नारच्याङ दाना गाविसका महत्वपर्ूण्ा पर्यटकिय स्थलहरुलाई रमणिय स्थल बनाउन स्थानीयवासीहरु सक्रिय भएका छन् ।

यसै क्रममा दाना गाविसको विश्व चर्चित अन्ध गल्छीको संरक्षण एवं पुननिमार्ण्र्र्य सम्पन्न भए लगत्तै सँगै रहेको सुन्दर रुप्से झरनाको संरक्षण तथा पर््रवर्द्धनको लागि पर्यटन बोर्डमार्फ रु ६ लाख रकम विनियोजन भएपछि स्थानीयवासीहरु थप उत्साहित भएका छन् ।
रुप्से गाउँदेखि झरनासम्म रेलिङसहितको बाटो, प्रतिक्षालय, चौतारी निर्माणका साथै वृक्षारोपण गर्ने कार्य सुरु भएको त्यहाँबाट गोविन्द बरुवालले जानकारी दिनुभयो । त्यस्तै उक्त वजेट र स्थानीय जनश्रमदानबाट कार्य सम्पन्न गर्नका लागि पाईजाको अध्यक्षतामा ११ सदस्यीय रुप्से झरना संरक्षण उपभोक्ता समिति गठन भएको छ ।

समितिका कोषाध्यक्षमा रत्नकुमारी बुढाथोकी, सचिव बलबहादुर गर्बुजालगायत रहनु भएको छ । उक्त कार्यक्रमका लागि उनीहरुले क्षेत्रिय पर्यटन कार्यालय पोखरामा गई सम्झौता गरेका भएपनि असार मसान्तसम्म विनियोजित रकम मध्ये दर्ुइ लाखको कार्य सम्पन्न हुने र बाँकी कार्य क्रमश सम्पन्न गरीने समितिका अध्यक्ष  पाईजाले बताउनुभयको छ ।

२०६७ वैशाख २२ गते बुधवार, मध्यान्ह १२ १५,                                          गोविन्द बरुवाल दाना

No comments: