Monday, May 17, 2010

विद्यार्थी यार्सगुम्बा टिप्न गएपछि पठनपाठन प्रभावित

विद्यार्थीहरू यार्सगुम्बा  टिप्न गएपछि जिल्लाको उच्च पहाडी क्षेत्रका विद्यालयहरूको पठनपाठन प्रभावित बनेको छ ।

म्याग्दीको गर्ुजा, कर्ुइनेमंगले लगायत गाविसमा रहेका विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।

अधिकांश विद्यार्थी यार्सगुम्बा  टिप्न गएपछि एक हप्तायता पठनपाठन नियमित हुन नसकेको जनकल्याण मावि गर्ुजाका शिक्षक रुपेश सुवेदीले बताउनुभयो ।

उता कर्ुइने मंगले स्थित रितुङ निमावीका विद्यार्थीहरू पनि यार्सगुम्बा संकलन गर्न गएपछि कक्षा सञ्चालन गर्न कठिन भएको शिक्षक रेशबहादुर वि.कले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरू यार्सगुम्बाम्बा टिप्न जोखिम मोलेर गर्ुजा, चुरेन, धौलागिरि लगायतका हिमालको फेदीमा पुगेका छन् ।

यार्सगुम्बा बाट राम्रो आम्दानी हुने भएकाले अभिभावकहरू छोराछोरी लाई पनि साथै लिएर हिमाली क्षेत्रमा गएका हुन् । ६ महिना जिव र ६ महिना वनस्पतीको रुपमा पाईने यार्सगुम्बा शक्ति बर्दक  जडिवुटी मानिन्छ ।

No comments: