Monday, May 17, 2010

विद्यालयलाई जग्गा सहयोग

म्याग्दीको चिमखोला ९ मा रहेको सिद्ध प्राथमिक विद्यालयलाई स्थानीय एक व्यक्तीले जग्गा उपलब्ध गराउनुभएको छ ।

चिमखोला ९ का भबहादुर पुनले आफ्ना स्वर्गीय बुवा डिलबहादुर पुनको स्मृतीमा विद्यालयलाई निशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

पुनले ५० हजार मूल्य बराबरको करिब २ रोपनी जग्गा विद्यालयलाई हस्तान्तरण गर्नुभएको चिमखोला गाविसका सचिव नगेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

No comments: