Friday, May 07, 2010

तरकारी खेतीबाट स्वदेशमै मनग्य आम्दानी

धन कमाउनका लागि बिदेशिनेहरूको संख्या बढीरहेका समयमा म्याग्दीका एक जना कृषकले स्वदेशमै वाषिर्क लाखौ कमाई गर्न सफल हुनुभएको छ ।

दाना गाविस ९ फगामका जोकबहादुर बि.क तरकारी खेती गरेर वाषिर्क लाखौ आम्दानी गर्न सफल हुनुभएको त्यहाँबाट गोविन्द बरुवालले जानकारी दिनुभयो । 

२०४८ सालदेखि तरकारी खेती गर्दै आउनुभएका अगुवा कृषक बि.कले तरकारी खेतीबाट वाषिर्क रू. २ देखि ३ लाख सम्म आम्दानी गर्ने गरेको बताउनुभएको छ ।  

"मेहनत गर्न सक्ने हो भने आफ्नै गाउँ घरमा पनि बिदेश सरहको आम्दानी गर्न सकिँदो रहेछ" कृषक बि.कले भन्नुभयो । उहाँले वाषिर्क ६० मुरी आलु, १२ क्विन्टल काउली, १५ क्विन्टल बन्दा र १२ क्विन्टल गोलभेडाँ विक्री गर्दै आउनुभएको छ ।

बि.कले खर्ुसानी, जागर, प्याज, लसुन, साग लगायत अन्य तरकारी पनि उत्पादन गर्नुहुन्छ । फगाममा उत्पादन भएको तरकारी दाना र तातोपानी बजारमा खपत हुन्छ । 

माग अनुसारको तरकारी आपर्ुर्ती गर्न नसकिँदा ग्राहकको गुनासो आउने गरेको उहाँले बताउनुभयो । बि.क संगै तरकारी खेती गर्ने फगामका मैती तामाङ र मनबहादुर गुरुङ पनि मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

सो गाउँमा लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा सिस्नो प्रसोधन गरेर सिस्नो पाउडर उत्पादन हुने गरेको छ । त्यहाँ उत्पादीत सिस्तो पाउडर बेनी, पोखरा, काठमाडौका साथै बिदेशी बजारबाट समेत माग आउने गरेको कृषक तामाङले बताउनुभयो ।

No comments: