Saturday, May 29, 2010

गुर्जामा बढ्यो पर्यटकहरुको चहलपहल , वल्ल आए दिन

नेपालको मानचित्रमा म्याग्दीको अत्यन्त विकट गाउको रुपमा चिनिने लोपोन्मुख छन्त्याल समुदायको वसोवास रहेको गर्ुजामा केही समय यता स्वदेशी तथा विदेश पिर्यटकहरुको आउने क्रम सुरु भएपछि  गुर्जा का  वासिन्दाहरु दङ्ग परेका छन् ।

नेपाल पर्यटन वर्ष२०११ मनाउने तयारी भइरहेका समयमा साँस्कृतीक महत्व बोकेका छन्त्याल समुदायले बसोबास गर्ने म्याग्दीको दुर्गम गुरुजा बसी मा पर्यटकहरूको चहलपहल बढेको छ ।

सामाजिक, साँस्कृतीक, धार्मीक तथा पर्यटकीय हिसावले महत्व पूर्ण गुर्जा माँ  भ्रमण गर्ने आन्तरीक तथा बाहृय पर्यटकहरूको चहलपहल बढेको हो ।

गर्ुजाको सिमानामा पर्ने नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सिकार गर्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । देशमा शान्ति स्थापनासँगै पर्यटकको चहलपहल बढेपछि गर्ुजाबासीहरू उत्साहीत भएका स्थानीय युवा हरि छन्त्यालले बताउनुभयो ।

केही वर्षघिसम्म शुनसान रहेको गर्ुजामा हाल जापान, अमेरीका, प|mान्स, कोरीया लगायतका देशका साथै देशका ठूला काठमाडौ, पोखरा, चितवन जस्ता शहरबाट पर्यटकहरू आउन थालेको छन्त्यालले बताउनुभयो ।

एउटै बस्ती एकमात्र गाविस भएको गर्ुजा गाउँमा केही दलित बाहेक करिब ३ सय घरपरिवार छन्त्याल समुदायको मात्र बसोबास रहेको छ । देशमै न्युन मात्रामा बसोबास गर्ने छन्त्याल समुदायल ३ दशकअघिसम्म खानीबाट तामा उत्खनन् गर्थे । प्रबिधीको अभावमा हाल खानीहरू बन्द छन् ।

गर्ुजा हिमालको काँखमा अवस्थित मनोरम गर्ुजा गाउँ भ्रमण गर्ने पर्यटकले सँयौ प्रजातीका जडीवुटी, वनस्पती, वन्यजन्तु र पशुपंक्षीको अवलोकन गर्न पाउने स्थानीय चुरेन हिमाल युवा क्लवका अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

ढोरपाटन शिकार आरक्षमा शिकार गर्नु पाउनुका साथै छन्त्याल समुदायको जिवनशैली, रहनसहन र गाउँ वरिपरी रहेका तालतलैयाको मनोरम दृष्य अवलोकन गर्न पाउनु गर्ुजा पुग्ने पर्यटकका लागि थप आकर्षा हुन् । हाल दैनिक १/२ समुह पर्यटक गर्ुजामा पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम बेनी बजारदेखि २ दिनको पैदलयात्रापछि पुगिने गर्ुजामा पर्यटकको चहलपहल बढेपछि ब्यापार ब्यवसाय र रोजगारीमा वृद्धी भई आर्थिक स्तर बढ्ने आशाले स्थानीयबासी उत्साहीत भएका हुन् ।

म्याग्दीको भूर्स्वर्गको उपनामले समेत चिनिने गर्ुजामा पशस्त पर्यटकीय सम्भावनाहरु रहेको भएता पनि स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुले कुनै ध्यान दिन नसक्दा यहाँका सांस्कृतिक , जैविक तथा पर्यटकीय श्रोतहरु त्यतिकै खेर गइरहेको गुनासो स्थानीय वासिन्दाहरुको रहेको छ ।

No comments: