Sunday, May 23, 2010

अस्पतालका २ जना कर्मचारी कुटीए

कार्यालयको काममा भुरुङ तातोपानी जाने क्रममा बिहीबार बेलुकी जिल्ला अस्पताल म्याग्दीका २ जना कर्मचारी दोवा पुलमा कुटीएका छन् ।

२/३ जनाको समुहले गाडीमा सवार अस्पतालका कर्मचारी कुमार के.सी र मोती किसानलाई कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । गाडी रोक्न लगाई उनीहरूमाथि कुटपीट भएको थियो ।

कुटपिटबाट र्घाईते भएका दुवैको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न स्थानिय ढोवा गाबिसका बेग बहादुर पर्ेजा र राजेन्द्र पुनलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको छ ।

No comments: