Thursday, May 20, 2010

म्याग्दीमा हावाहुरीवाट क्षती

बीहिवार दिउसो चलेको हावाहुरीले म्याग्दीका विभिन्न स्थानमा लाखौंको क्षती पुगेको छ ।

हावाहुरीले धौलागिरी मावि सिंगामा हालै निर्माण गरिएको चार कोठे भवनको टिनको छानो उडाएको छ भने विद्यालयमा संचालित वहिरा कक्षामा पनि हुरीले रुख ढलाउँदा क्षती पुगेको विद्यालयका प्रअ केशवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
त्यसैगरी सिंगा गाविस भवनको छानोपनि हुरीले उढाएको छ । हावाहुरीका कारण धौलागिरी मावि स्रोत केन्द्रमा संचालित पिपिडि तालिम पनि प्रभावित भएको छ । 

उता हुरीले फलेक उडाए पछि दरवाङ र निस्कोट गाविस जोड्ने छरछरेको पुलमा आवतजावत बन्द भएको सहकर्मी कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । हुरीले दरवाङ हाइभिजन हलको टिनको छानो पनि उडाएको छ ।

वषर्ासंगैको हुरीले सदरमुकाम  बेनीको नयाँ सडकका ३ वटा र जिविस कार्यालय अगाडी रहेको एक वटा घुम्ती पसलमा पनि क्षत्ती पुर्‍याएको छ । जिविस कार्यालय अगाडी रुख ढलेर विद्युत प्रशारण लाईनको तार छोएपछि बिहीबार दिउँसो पौने तिन बजेदेखि सदरमुकाम बेनी र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

No comments: