Wednesday, May 19, 2010

पेल्टि्रसेट र सोलारले गाउँ झिलीमिली

 बढ्दो लोडसेडिङका कारण सहरी क्षेत्रको जनजिवन कष्टकर बनिरहेका बेला म्याग्दीको दरबाङ दिच्याम गाउँका बासिन्दाले भने पेल्टि्रकसेट र सौर्यउर्जाबाट विद्युत सेवा उपभोग गरिरहेका छन् ।

सहरी क्षेत्रमा लोडसेडीङको प्रभाव बढीरहेका समयमा जिल्ला सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर पश्चिममा पर्ने दरबाङको वडा न. ८ र ९ मा पर्ने दिच्याम गाउँमा लोडसेडीङको कुनै प्रभाव छैन् ।

दिच्यामका ८० घरपरिवारले पेल्टि्रक सेट र सोलार बाट विद्युत उपभोग गरेका हुन् । स्थानीय मुलबाट छुट्टा, छुट्टै २ स्थानमा पेल्टि्रकसेट बाट उत्पादीत ३ किलोवाट विद्युतबाट ४४ घरपरिवारले विद्युतसेवा उपभोग गरिरहेको पर्ुव वडा अध्यक्ष तीलक क्षेत्रीले बताउनुभयो ।

पेल्टि्रक सेट बाट विद्युत उपभोग गर्न नपाएका स्थानीयबासीले घरघरमा सौर्य उर्जा जडान गरेका स्थानीयबासी डिलराम कंडेलले जानकारी दिनुभयो । स्थानीयबासीले सामुहीक लगानी गरेर पेल्टि्रक सेट जडान गरि विद्युत सेवा उपभोग गरेका हुन् ।

No comments: