Sunday, May 09, 2010

म्याग्दी अर्मन को रीठे खोला पुल पुल जीर्ण

म्याग्दीको अर्मन गाविस वडा नम्बर ६ र ७ जोड्ने झोलुङ्गे पुल जीर्ण  स्थानीयबासीलाई आवत जावत गर्न समस्या परेको छ ।

२०४२ सालमा निर्मित  रीठे  खोला माथिको सो पुल ८ वर्षता मर्मत हुन सकेको छैन् । २०५९ सालमा स्थानीयबासीको श्रमदानबाट पुल मर्मत भएको थियो ।

पुल मर्मत नहुँदा अर्मनका साथै बागलुङको तारा, हिल र अर्गल गाविसका बासिन्दाहरू जोखिमपर्ूण्ा यात्रा गर्न बाध्य भएका स्थानीयबासी थमबहादुर के.सीले बताउनुभयो । पुलमा राखिएका फल्याक कुहीएर रित्तीसकेका छन् । लठा खिया लागेको अवस्थामा छ । जाली पनि च्यातीएका छन् ।

"राजनितक दल तथा सरोकारवाले वेवास्ता गरेपछि पुल मर्मत हुन सकेको छैन" स्थानीयबासी के.सीले भन्नुभयो "गाविस परिषद्मा पटक पटक पुल मर्मत गर्ने प्रास्तावले स्थाननै पाउन सकेको छैन् ।"

जिर्ण्र्ाावस्थाको पुल मर्मत नभए कुनै पनि समयमा चुँदीन सक्ने स्थानीयबासीले बताएका छन् । सो ठाउँमा पुल नभएमा ४ किलोमिटर फेरो यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानियबासी टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

No comments: