Sunday, May 09, 2010

गाउँघर 'क्लिनिक' कार्यक्रम प्रभावकारी

म्याग्दीको ग्रामीण क्षेत्रमा सञ्चालित गाउँघर 'क्लिनिक' कार्यक्रम स्थानीयबासीका लागि प्रभावकारी बनेको गएको छ ।

स्वास्थ्यकर्मीले र्सवसाधारणको घरघरमा पुगेर स्वास्थ्य सेवा र परामर्श दिन थालेपछि दर्ुगम दाना, ताकम, मुना, मुदी, मराङलगायतका गाविसका बासिन्दा स्वास्थ्यप्रति सचेत भएका छन् ।

प्रत्येक हप्ताको शनिबार र्सवसाधारणको घरघरमा पुगेर स्वास्थ्य समस्याबारे जानकारी लिने, औषधि वितरण गर्ने तथा स्वास्थ्यसम्बन्धी परामर्श दिने गरिएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

घरायसी समस्या र चेतनाको कमीका कारण स्वास्थ्य संस्थासम्म पुगेर सेवा लिन नसकेका र्सवसाधारण कार्यक्रम लागु भएपछि लाभान्वित भएका दाना उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेम पर्ुजाले बताउनुभयो ।

विगत तीनवर्षेखि गाविसका सबै टोलका घरघरमा पुगेर स्वास्थ्य समस्याका बारेमा जानकारी लिने र सेवा दिनका लागि गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम सञ्चालन भएपछि स्थानीयवासी प्रजनन स्वास्थ्यप्रति निकै सचेत भएका दाना उपस्वास्थ्य चौकीकी मासिका विमला पर्ुजाले बताउनुभयो ।

प्रत्येक महिना गाउँमा आउने स्वास्थ्यकर्मीले स्वास्थ्यसम्बन्धी परामर्श दिन थालेपछि लाजका कारण रोग लुकाउने चलन हटेको स्थानीयबासिन्दाहरू बताउँछन् । स्थानीय अगुवाहरूका अनुसार कार्यक्रम लागु भएपछि सामान्य बिरामी हुँदासमेत धामीझाँक्री र झारफुक गर्नतर्फलाग्नेहरू अहिले स्वास्थ्य संस्था जान थालेका छन् ।

क्लिनिक अभियानका क्रममा सामान्य रोग लागेका बिरामीको घरमै उपचार गरिने र जटिल किसिमका बिरामीलाई स्वास्थ्य संस्था आउन सल्लाह दिने गरिएको ताकम स्थास्थ्य चौकीका अहेव लोकनाथ पौडेलले बताउनुभयो । विभिन्न किसिमका रोगका साथै सुरक्षित मातृत्व, मातृशिशु हेरचाह र प्रजनन स्वास्थ्यका बारेमा पनि परामर्श दिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार छरिएको बस्ती रहेको गाउँमा गाउँघर क्लिनिक कार्यक्रम प्रभावकारी बने पनि उपस्वास्थ्य चौकीमा पर्याप्त औषधि र उपकरण नुहँदा समस्या परेको छ ।

२०६७ बैशाख २६ गते दिउँसो १२.१५ बजे                             सन्तोष गौतम

No comments: