Monday, May 24, 2010

ढुङ्गाचोरी नियन्त्रणमा स्थानिबासिन्दा

म्याग्दी जिल्लाको विकट गुर्जा  गाउँ विकास समितिमा पाइने बहुमुल्य पाँच कोणे आकारको चिल्लो ढुङ्गाको चोरीनिकासी बढन् थालेपछि स्थानियबासिन्दाले नियन्त्रण गर्न थालेका छन् ।

निकै महत्वपूर्ण  मानिने पाँच कोण आकारको ढुङ्गा रातारात जिल्ला बाहिर लगिन थालेपछि स्थानियबासिन्दा,समाजिक कार्यमा क्रियासिल चुरेन हिमाल इको क्लवका सदस्य लगाएतले चोरीनिकासी नियन्त्रणका लागि पहल सुरु गरेका हुन् । रातको समयमा छिमेकी लुलाङ,मुदीका साथै छिमेकी जिल्ला तर्फचोरीनिकासी गर्न थालेपछि स्थानियबासिन्दा सक्रिय भएका हुन् ।

चिल्लो र सबै पाँच वटा कोण हुने स साना आकारमा पाईने सो ढुङ्गालाई स्थानियबासीहरूले 'छेपारोले चाटेको' ढुङ्गा भनेर चिन्ने गर्दछन् । खानीबाट गुर्जा  भ्रमण गर्न पुग्ने जसले पनि चोरी गरेर लैजान थालेको स्थानिय जनकल्याण मावीका शिक्षक रुपेश सुबेदीले जानकारी दिनुभयो । सुबेदीका अनुसार गुर्जमा  रहेको यस्तो प्रकारको अनौठो ढुङ्गा खानीको संरक्षण गर्न गाउँका सवै निकै सक्रिय हुन थालेका छन् ।
  
सरकारी पक्षले संयौ बर्षहिले फेला परेको सो खानी संरक्षण र उपभोग गर्न चासो  नदेखाएकाले स्थानियबासीहरू संरक्षणका साथै चोरी निकासीको नियन्त्रणको पहल गरेको चुरेन हिमाली युवा कल्वका अध्यक्ष झबहादुर छन्त्यालले जनाकारी दिनुभयो ।

No comments: