Wednesday, May 12, 2010

तिर्थयात्रीको मृत्यु

हिमालपारिको जिल्ला मुस्ताङमा सोमबार राति दर्ुइ जनाको लेक लागेर मृत्युभएको छ ।
मुक्तिनाथ दर्शनका लागि आएका भारतको गुजरातका ६५ वषर्ीय अम्बालाल भाइ हरिजन पटेलको सोमबार बेलुका कुञ्जो गाविसको पैहृ्राथाप्लामा लेक लागेर मृत्युभएको हो ।
हिँदीरहेको अवस्थामा एक्कासी बेहोस भएका पटेललाई उपचारको लागि जिल्ला अस्पताल मुस्ताङ लैजाँदै गर्दा राति १२ बजे मृत्युभएको हो ।

मृतकको शव परीक्षण पछि परिवारलाई जिम्मा लागाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी धनुषा घर भई मुस्ताङ सदरमुकाम जोमसोममा मजदुरी गर्दै आएका ६४ वषर्ीय विन्देश्वरी अन्सारीको पनि सोमबार राति ९ बजे लेकलागेर मृत्युभएको छ ।

घरमा रङरोगनको काम गर्दै आएका अन्सारी सोमबार साँझ एक्कासी बेहोस भएकोमा उनको राति मृत्युभएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ ।

No comments: