Saturday, May 08, 2010

पानीका मुहान सक्न थालेपछि मिल सञ्चालनमा समस्या

पानीका मुहानहरू सुक्दै जान थालेपछि म्याग्दीका ग्रामिण क्षेत्रमा साना उद्योगका रुपमा सञ्चालित पानी मिलहरू प्रभावित बनेका छन् ।

जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुम लगायत गाविसमा सञ्चालित पानी मील ब्यवसाय प्रभावित बनेका हुन् । पानीको अभावमा मिल बन्द हुने अवस्थामा पुगेपछि मिलमा आश्रीत परिवारहरूलाई जिविकोपार्जनमा समस्या परेको छ ।

वर्षोनी मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्नका लागी बरङ्जाको अर्जेखोलामा सञ्चालित पानीमिल बन्द हुने अवस्थामा पुगेको सञ्चालक डिलबहादुर श्रीसले बताउनुभयो ।

पानीको अभाव हुँदा मेसीन चलाउन कठिन भएपछि सुख्खा याममा तोरी पेल्न नसकिएको श्रीसले बताउनुभएको छ । तोरी पेल्न नपाउँदा वाषिर्क हजारौ रुपैया आम्दानीको स्रोतबाट बञ्चित हुनपरेको श्रीसले गुनासो गर्नुभयो ।

"अझै केही वर्षयस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो भने पानीमिल ब्यवसायबाट नै विस्थापीत हुन सक्छ" उहाँले निराश हुँदै भन्नुभयो । पहिले फर्नीचर पनि सञ्चालीत सो मिलमा तोरी सहित दैनिक १५/१६ मुरी धान, गहुँ, मकै, कोदो आदी अन्न कुटानी पिसानी हुने गर्दथ्यो ।

अहिले मिलको कुटानी पिसानी गर्ने क्षमता घटेको छ । पानीमिलमा कुटानी पिसानी गरेका अन्नपात खानका लागि स्वादीलो, स्वस्थ्यवर््रदक र लामो समयसम्म भण्डारण गरेर राख्न पनि सकिने बरङ्जा ७ दर्ुर्दीका मनलाल खत्रीले बताउनुभयो ।

"घट्ट भन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भण्डारण गररे उपभोग गर्दा पनि किरा लाग्दैन" खत्रीले पानीमिलको फाईदाका बारेमा वर्ण्र्ाागर्दै भन्नुभयो "खाँदा पनि स्वादीलो हुन्छ ।"

मिल बन्द हुने अवस्थामा पुगेपछि बरङ्जा, भकिम्ली र सिङ्गा गाविसका बासिन्दा चिन्तित भएको स्थानिय युवा कृष्णप्रसाद सापकोटाले बताउनु भयो । पानीमिलमा तोरी पेल्दा १०, गहुँ, कादो र मकै पिस्दा क्रमश रू. ४, ३ र २ तिर्नुपर्छ । धान कुटेवापत रू. ३ तर्ीर्नुपर्छ ।

डिजेलमिलको तुलनामा पानीमिल करिब ५ गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने र्सवसाधारणको भनाई छ ।

सुरत के सी    म्याग्दी वैशाख २५ गते



No comments: