Friday, May 07, 2010

६ दलको विज्ञप्ति नागरिक समाज तथा मानवअधिकारकर्मीद्धारा संयमित बन्न आग्रह

म्याग्दीका ६ राजनितिक दलले सहयात्री एकिकृत नेकपा माओवादीले आव्हान गरेको अनिश्चितकालिन आमहडताल र आन्दोलनका कार्यक्रमप्रति ध्यानाकर्षा भएको जनाएका छन् ।

उनीहरूले माओवादीले युद्ध शैलीमा र्सवसाधारणलाई जवरजस्ती रुपमा जनकारबाही गर्ने धम्की दिँदै आन्दोलनका कार्यक्रममा सहभागी बनाएको भन्दै आपत्ती जनाएका हुन् । त्यस्तै आन्दोलनको क्रममा नागरीकको मानबअधिकारको रक्षाका लागी पहल गर्न मानब अधिकारकर्मि, नागरीक समाज, पत्रकार, कानुन व्यबसायि र स्थानिय प्रशाशन लाई माग समेत गरेको छ ।

दलहरूले र्सवसाधारणलाई करबल र जवरजस्ती नगर्न माओवादीलाई अनुरोध गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति डाक्टर भुपेन्द्रबहादुर खड्का, एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एकिकृतका जिल्लार् इञ्चार्ज शिवकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, राप्रपाका अध्यक्ष एकेन्द्र रावल र राष्ट्रिय जनमुक्ति पार्टर्ीी जिल्ला अध्यक्ष नरबहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो जनाउनुभएको हो ।

तोकिएको मितिमै संविधान निर्माण गरि शान्ति र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न छिटो राष्ट्रिय सहमति गर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

त्यसैगरी जिल्लामा क्रियाशिल मानवअधिकारकर्मी, संञ्चारकर्मी, नागरिक समाजका अगुवाहरुले माओवादीको हड्तालले उग्रता लिन थालेको र वन्दले जनजीवन थप कष्टकर बन्दै गएको भन्दै संयमित बन्न र नागरिकका न्यूनतम अधिकारको सुनिश्चित गर्न विज्ञप्ती मार्फ माग गरेका छन् ।

विज्ञप्तीमा 'हडतालको पाँचौ दिनसम्म आईपुग्दा जनजीवन झन्झन कष्टकर बन्दै गईरहेको , बन्दका क्रममा तरकारी तथा फलफूल पसलमा भएको तोडफोड, न्यायालयमा गरिएको जर्बजस्ति बन्द, स्वास्थ्य क्षेत्रलाई पारिएको प्रतिकुल प्रभाव, अलपत्र तर्ीथयात्री र विदेशी पर्यटकहरुको अवस्थामा मानवीय कानून र मानवताको आधारमा सामान्य जनजीवन सूचारु गर्न दिनका लागि आन्दोलनरत एकीकृत नेकपा माओवादी एवं नेपाल सरकारको ध्यान आकर्षा गर्न चाहन्छौं' उल्लेख गरेको छ ।

विज्ञप्तीमा थप भनिएको छ- 'राष्ट्रिय राजनैतिले द्धन्द्धमा फस्दै गएकोले नागरिको शान्त र समृद्ध नयाँ नेपालको चाहना तथा जनआन्दोलन मार्फ ब्यक्त जनादेश विपरित संविधान सभाबाट नयाँ सम्बिधान बन्न नसक्दा देश असफलता तर्फउन्मूख भएको छ । यसबाट जातीय, क्षेत्रीय, धार्मिक एवं साम्प्रदायिक द्धन्द्धमा मुलुक फस्ने सम्भावना बढेकोले वर्तमान राजनैतिक गतिरोधको अन्त्यका लागि राष्ट्रिय सहमति नै आजको आवश्यकता हो भन्ने हाम्रो ठहर छ ।'

नागरिक समाजका अगुवाहरुले शान्तिको कुनै विकल्प हुँदैन र दण्डहिनताको अवस्थालाई अन्त्य गरिनर्ुपर्दछ । त्यसैले बर्तमान राजनैतिक गतिरोधको अन्त्यकालागी र नागरिकहरुको कष्टकर जीवनलाई सहजपर्ूण्ा बनाउनका लागि आन्दोलनरत एवं सत्ता पक्षलाई हामी हार्दिक अनुरोध गर्दछौं । पार्टर्ीी र समुहगत स्वार्थलाई छाडेर शान्तिपर्ूण्ा वार्ताबाट सहमती र सहकार्य गरी समस्या समाधान गर्न सबै राजनीतिक दल र नेपाल सरकारसंग आग्रह गरिएको छ ।

नागरिक समाज, मानव अधिकार तथा शान्ति समाज, , म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल शिक्षक युनियन, नेपाल मानव अधिकार संगठन, नेपाल वार एशोसियशन, नेपाल शिक्षक संघ,महिला मानव अधिकार रक्षक सञ्जाल, म्याग्दी लायन्स क्लब अफ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल पत्रकार महासंघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र र्-इन्सेक) प्रतिनिधी र यूथ भिजन मिडिया हाउसले विज्ञप्ती प्रकाशन गरि यस्तो आग्रह गरेका हुन् ।

No comments: