Sunday, May 16, 2010

मुस्ताङ भ्रमण गर्ने पर्यटक बढे

गत वर्षो तुलनामा यस वर्षो चार महिनामा मुस्ताङ जिल्लाको भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या बढेको छ ।

अन्नपर्ूण्ा क्षेत्र संरक्षण क्षेत्र आयोजना -एक्याप) जोमसोमका अनुसार गत वर्षो चार महिना, १५ दिनमा १० हजार ५ सय ७० जना पर्यटकले भ्रमण गरेका मुस्ताङ जिल्लामा यस वर्षो चार महिना १५ दिनमा १२ हजार ४ सय ८२ जना पर्यटकले भ्रमण गरेका छन् ।

२०१० को जनवरी, प|mवुअरी, मार्च र अप्रिल महिनामा क्रमश ४ सय ५९, ६ सय ७, ३ हजार १ सय ६१ र ६ हजार ५१ जना पर्यटक मुस्ताङ आएका कार्यालयकी टुर अपरेटर हरिमाया गुरूङले जानकारी दिनुभयो । कार्यालयका अनुसार मे महिनाको १५ दिनमा २ हजार २ सय ४ जना पर्यटक आएका छन् ।

अमेरीकी, युरोपियन मुलुकका पर्यटक घटेपनि भारतीय पर्यटक बढेका छन् । भारतीय पर्यटकबाट जोमसोम र मुक्तिनाथ बाहेकका ठाउँका पर्यटन ब्यवसायीका लागि फाईदाजनक नभएको टुर अपरेटर गुरूङले बताउनुभयो ।

No comments: