Thursday, May 20, 2010

बेनी कोट शहकारीको उद्घाटन

सदरमुकाम बेनीमा बिहीबार बेनी कोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

साधारणसभा तथा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय बागलुङका  अधिकृत बिष्णुप्रसाद सूवेदीले देशको आर्थिक विकास गर्न सहकारी क्षेत्रको महत्वपर्ूण्ा भुमिका रहने बताउनुभयो ।

साना पुजीँ एकिकृत गर्ने सहकारी संस्थाहरू समाजप्रति बढी उत्तरदायी हुनुपर्ने सहकारी अधिकृत सूवेदीको सुझाव थियो । उहाँले सहकारी संस्थाहरूले सहकारी अनुशासनभित्र रहेर कारोबार गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा भुतपर्ूव राज्यमन्त्रि भिमप्रसाद गौचन, जगत गौचन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष भगवानप्रसाद श्रेष्ठको सभापतित्व र सचिव बिरबहादुर थापा क्षत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जगतप्रसाद जगतनारायण गौचनले स्वागत गर्नुभएको थियो ।

No comments: