Sunday, May 09, 2010

पर्यटन वर्षसफल पार्न महिलाको सक्रियता

नेपाल पर्यटन वर्षसन २०११ सफल पार्न म्याग्दीको सिङ्गा गाविस ४ तातोपानीका महिलाहरू सक्रिय बनेका छन् ।
       प्राकृतीक उपचार स्थलको रुपमा समेत परिचित तातोपानीको तल्लो बजारमा गठित
सिर्जनशिल लद्युउद्यमी समुह का आवद्ध महिलाहरूले पर्यटन वर्षसफल पार्न सक्रिय बनेका हुन् ।

उनीहरूले पर्यटकलाई स्वागत, सत्कार र सम्मान गरि गाउँका पर्यटकीय स्थलहरू घुमाउने गर्न थालेका छन् । पर्यटकको सुविधामा जोड दिनुका साथै बजार सरसफाई गर्ने गरिएको समुहकी अध्यक्ष मेखी खत्रीले बताउनुभयो ।

मुहानदेखिनै ५० ड्रि्री तातो पानी निस्कने पानीको मुहान, थकाली, ब्राहृमण, क्षत्री, मगर समुदायको रहनसहन, जिवन शैली, मठमन्दिर आदि यहाँका पर्यटकीय आकर्षा हुन् ।

यहाँ वाषिर्क २० हजार जना भन्दा बढी आन्तरीक तथा बाहृ्य पर्यटक तातोपानीमा डुवेर उपचार गराउनका साथै मनोरञ्जन लिन आउने गरेका तातोपानी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

महिला उद्यमीहरूकै सक्रियतामा तातोपानीका अधिकांश घरमा होम स्टे सुविधाको ब्यवास्था पनि गरिएको छ । पुराना होटलहरूको सुविधा विस्तार गर्न उद्यमीहरूलाई उत्प्रेरीत गर्न थालीएको छ ।

No comments: