Sunday, May 23, 2010

युनीटीका सदस्यहरू निराश

आर्थिक प्रलोभनमा फसेर एन्सोरेन्स युनीटी लाईफ इन्टरनेशनल को सदस्य बनेका म्याग्दीका र्सवसाधारणहरू कम्पनी गैरकानुनी रुपमा सञ्चालन भएको र्सार्वजनीक भएपछि निराश बनेका छन् ।

थोरै लगानीमा प्रशस्त आयआर्जन गर्न सकिने, स्वरोजगार भईने, निशूल्क स्वास्थ्य सेवा पाउन सकिने तथा बिमा सुविधा पनि पाईने जस्ता अनेकौ प्रलोभनमा परी सदस्य बनेका र्सवसाधारणहरू कम्पनी गैरकानुनी भएको चर्चामा आएपछि चिन्तित बनेका हुन् ।

आफन्त र साथिभाईको अनुरोधमा सिफारीस पद्दतीबाट सदस्य बनेका र्सवसाधारणहरू लगानी डुब्ने डरले चिन्तित भएका हुन् । अहिले आफूलाई सदस्य बनाउने व्यक्तिसंग लगानी गरेको नगद फिर्ता माग्न बेनी स्थित कम्पनीको जिल्ला कार्यालयमा र्सवसाधारणको भिड लाग्ने गरेको छ । केही दिनअघिसम्म सदस्यता विस्तारमा सक्रिय बनेका युनीटिका अगुवाहरू हिजोआज निश्क्रीय बनेका छन् ।

आफू ठगीएको महशुस गरेपनि कतिपय र्सवसाधारण सदस्य बनेको भन्न पनि लाज मान्ने गरेका छन् । सरकारले सदस्यको निवेदनको आधारमा रकम फिर्ता गराउन पहल गर्ने बताएको भएपनि स्थानिय प्रशासनमा अझैसम्म कसैले पनि निवेदन दिन नआएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

युनिटकीको एक तथ्याङ्क अनुसार म्याग्दीमा करिव १हजार ६सय जना युनिटी सदस्यहरु रहेका छन् । सदस्यता प्राप्त गर्न प्रतिव्यक्ति औसतमा १३ हजार रुपैंया तिरेपनि म्याग्दीवाट युनिटीमार्फ २ करोड, ८ लाख रुपैंया वाहिरीएको देखिन्छ ।

कम्पनीले पहिले रु. १० हजार प्रतिव्यक्ती सदस्यता शुल्क लिने गरेको थियो । केही समय रु. १२ हजार सदस्यता शूल्क लिने गरेको सो कम्पनिले हाल प्रतिव्यक्ति रु. १५ हजार सदस्यता शुल्क लिने गरेको छ ।

युनिटी सदस्यता शुल्कका नाममा जिल्लाबाट यति ठूलो रकम वाहिरिएको भएपनि जिल्लामा अझसम्म कसैलाई पनि कारवाही हुन भने सकेेको छैन ।

No comments: