Sunday, May 23, 2010

जलविद्युत परियोजना सञ्चालन

म्याग्दीको दर्ुगम देविस्थान गाविस १ जुक्जामा १५ किलोवाट क्षमताको जुक्जा खोला लद्युजलविद्युत परियोजना सञ्चालनमा आएको छ ।

एग्रीकल्चर एण्ड एसोशियसन ब्रिटीस गोर्खाज -कादुरी)को रु. १ करोड ७ लाख १३ हजार ३ सय २० को लगानीमा परियोजना निर्माण भएकोे हो । परियोजना निर्माण गर्न स्थानीयबासीले गत पुष २८ गतेदेखि बिहीबारसम्म श्रमदान गरेका थिए । स्थानीयबासीले रु. ४ लाख २३ हजार ६ सय बराबरको श्रमदान गरेका हुन् ।

स्थानीय गौडोखोला को पानी ल्याएर परियोजना सञ्चालन गरिएपछि जुक्जाका १ सय ३४ घरपरिवार लाभान्वित भएका छन् । पानीको स्रोतको कमि भएका कारण हाल १२ दशमलव ८ किलोवाट मात्र विद्युत उत्पादन भएको छ । सबै उपभोक्ताले प्रतिघर ६ वटाका दरले सिएफ एल चिम प्रयोग गरेका छन् ।

सिएफ एल चिम प्रयोग भएका कारण परियोजनाबाट उत्पादीत ३ किलोवाट विद्युत मात्र उपभोग भएको छ । सबै चिम कादुरीलेनै उपलब्ध्ा गराएको हो । जुक्जाखोलाका साथै यसअघि सञ्चालित गौडाखोला लद्युजलविद्युत परियोजनाले देविस्थान गाविसका १, २, ३, ४ र ५ नम्बर वडा झिलीमिली बनेको भिम मावि राजदाङका शिक्षक अर्जुन केसीले जानकारी दिनुभएको छ ।

टुकीको धिपधिपे उज्यालोमा गुजारा चलाउँदै आएका स्थानीयबासीन्दाहरू विजुलीको भिलीमिली उज्यालोमा रमाउन पाउँदा दंग परेका छन् । बिजुलीको उज्यालोमा पढ्न पाउँदा निकै राहत महशुस गरेको भिम मावि राजदाङकी छात्रा जमुना पौडेलले बताउनुभयो ।

२३ लिटर प्रति सेकेण्ड पानीको प्रवाह क्षमता रहेको सो परियोजनाको भर्टर्ीी हाईट १ सय ४० मिटर रहेको छ । शुक्रबार कादुरीका माईक्रो हाईड्रो प्रोजेक्ट म्यानेजर बालचन रानाले परियोजनाको उद्घाटन गर्नुभएको थियो ।

परियोजनाका अध्यक्ष रमेश फगामीको सभापतित्व र भिम माविका शिक्षक नरबहादुर बि.कको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ डम्मरबहादुर र्घर्ती, सहायक प्रअ गोविन्दप्रसाद पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गौडाखोला लद्युजलविद्युत परियोजनाका अध्यक्ष निमबहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पहिलोपटक बिजुली बलेपछि स्थानीयबासीले भोजभतेर र नाचगान गर्दै खुसीयाली मनाएका थिए ।

No comments: