Sunday, May 16, 2010

क्षेत्री समाजको अधिबेशन सम्पन्न ..........

क्षत्री समाज म्याग्दीको दोस्रो साधारण सभा तथा अधिवेशन शनिवार बेनीमा सम्पन्न भएको छ ।

'जातिय राज्य चाँहिदैन, देश टुक्राउन पाईदैन', नेपालको भूमी पुत्र, क्षेत्री हो' जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेको क्षत्रीहरुको र्‍याली जिविसमा पुगी सभामा परिणत भएको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्षत्री समाज नेपालका केन्द्रीय महाँसचिव कुमार खड्काले क्षेत्री समाजलाई संघियताको विरोधी भनिए पनि आत्म देखी सघिंयता चाहने सबैभन्दा ठुलो सस्था क्षत्री समाज भएको बताउनु भयो । नेपालमा भएका सवै जातीको आ-आप\mना जातिय राज्य बनाईदा देश नै टुक्रने खतरा भएकोले सचेत रहनु पर्ने बताउँदै महासचिब खड्काले क्षेत्रीलाई आदीवासीमा सूचिकृत गर्नु पर्ने बताउनु भयो ।

अधिेवशनमा क्षेत्री समाज कास्कीका अध्यक्ष पदमबहादुर कार्की, पश्चिमाञ्चल समितिका सचिव भरतबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा पोखरा नगर समितिका अध्यक्ष र्सर्ूयबहादुर बस्नेत, बाग्लुङ्गका अध्यक्ष बाबुराज कार्की, पर्वत अध्यक्ष नरबहादुर कार्की, नेपाल भाषा मंका खलका उपाध्यक्ष तर्ीथकुमारी श्रेष्ठ, जिल्ला समितिका सल्लाहकार भद्रबहादुर कार्की, संस्थापक एकेन्द्र रावल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

उक्त अवसरमा क्षेत्री जातिको शिर उच्च बनाउन योगदान पुर्‍याएको भन्दै क्षेत्री जातिबाट प्रथम सगरमाथा आरोहण गर्ने उषा विष्टलाइ दोसल्ला ओर्ढाई सम्मान गरिएको थियो

अधिवेशनको उद्घाटन सत्र तमबहादुर थापाको अध्यक्षता, मीनबहादुर कार्कीको स्वागत मन्तव्य  र सन्तोष रावलकोे संञ्चालनमा सम्पन्न भएको थियो ।

अधिबेशनको बन्द सत्रले सचिव सन्तोष रावलले प्रस्तुत गर्नु भएका ेआर्थिक तथा प्रगती प्रतिवेदन र्सबसहमतिले पारीत गदै नयाकार्य कालका लागी मिन बहादुर कार्कीको नेतृत्वमा २१ सदश्यियमा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा याम बहादुर केसी र अमृतदेबि बानिया, सचिबमा वेल बहादुर कटुवाल, सहसचिबमा कृष्ण बहादुर बानिया, कोषाध्यक्षमा अमृता भण्डारी सह कोषाध्यक्षामा तारा भण्डारी चयन हुनु भयको छ । त्यसैगरी सदश्यहमा डिल बहादुर केसी,लाल बहादुर थापा, नसिंह बहादुर खत्रि, जमान बहादुर बानिया, तिलक खत्रि, थुमा खड्का, लक्ष्मि केसी, सरोज बानिया, पदम बहादुर केसी , भक्त बहादुर खड्का, हेम बहादुर खत्रि चयन हुनु भयको छ । त्यसैगरी वुद्धीजिवि संयोजकमा चन्द्र कुमार केसी, यूवा संयोजकमा राजु बानिया, भुपु सैनिक संयोजकमा क्याप्टेन केसर बहादुर जिसी चयन हुनु भयको छ ।

२०६७ जेष्ठ १ गते बेलुकी ७ बजे           सुरज केसी/प्रविण खत्री

No comments: