Tuesday, May 04, 2010

कारागारमा गुणस्तरहीन खाद्यान्न

म्याग्दी स्थित जिल्ला कारागार शाखाका बन्दीहरूले गुणस्तरहीन खाद्यान्न उपभोग गर्नुपरेको गुनासो गरेका छन् ।

    नेपाल खाद्य संस्थान मार्फ कारागार ब्यवस्था विभागले उपलब्ध गराउने खाद्यान्न गुणस्तरहीन भएको कैदीहरूको भनाई छ ।

    कारागारमा उपलब्ध गर्राईने चामल र दाल गुणस्तरहीन भएको कैदी तथा बन्दीहरूले बताएका छन् । चिलसा र किरा लागेको कुहीएको खाद्यान्न उपभोग गर्नुपरेको उनीहरूको गुनासो छ । गुणस्तरहीन खाद्यान्नका कारण कैदीहरूमा पखला लाग्ने जस्ता स्वास्थ्य समस्या आउने गरेको छ ।

    गुणस्तरहीन खाद्यान्नको समस्या समाधान गरिदिन अनुरोध गरेपनि सरोकारवालाले ध्यान नदिएको बन्दी नाईके तप्त पुन बताउनुहुन्छ । गत वर्षलोकतन्त्र दिवसको अवसरमा कारागार पुगेका सुरक्षा अधिकार, राजनितिक दलका प्रतिधिी र अधिकारकर्मीहरूलाई कैदीहरूले सो समस्याको बारेमा जानकारी गराएका थिए ।

    कारागारका रहेका ५८ जना बन्दी तथा कैदीहरूले सामुहीक खाना खान्छन् । ३ जना महिला र अन्य पुरुष कैदी बन्दीहरूको छुट्टाछुट्टै मेस छ । कारागार व्यवस्था विभागले एक जना कैदीलाई दैनिक ७ सय ग्राम चामल र तरकारीका लागि ४५ रुपैया नगद उपलब्ध गराउँछ ।

    खाद्य संस्थानमार्फ उपलब्ध गर्राईएको चामलमात्र उपभोग गर्नुपर्ने विगतदेखिको नियमका कारण उनीहरू समस्यामा परेका हुन् । उनीहरूले आफू अनुकुल खाद्यान्न खरिद गरेर उपभोग गर्न पाउनुपर्ने माग गर्दै गत हप्ता सिदा बहिस्कार गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले केही समयका लागि बजारबाट चामल खरिद गरेर उपलब्ध गराउन भनेपछि कारागार प्रशासनले सोही अनुसार खाद्यान्न उपलब्ध गराएको छ । केही दिनका लागि बजारबाट खाद्यान्न खरिद गरेर उपलब्ध गर्राईए पनि विभागबाट निर्देशन नआएकाले खाद्य संस्थानकै खाद्यान्न उपलब्ध गर्राईने कारागार प्रशासनले जनाएको छ ।

२०६७ बैशाख २० गते दिउँसो १२.१५ बजे                                               सन्तोष गौतम

No comments: