Tuesday, May 04, 2010

आन्दोलन शान्तिपूर्ण बनाउन सुझाव

आन्दोलनरत एकिकृत नेकपा माओवादीलाई म्याग्दीका सहयात्री राजनितिक दलहरूले आन्दोलनलाई उत्तेजक नबनाउन सुझाव दिएका छन् ।

    सोमबार बसेको नेपाली कांगेस, नेकपा एमाले, नेकपा एकिकृत, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी को  संयुक्त बैठकले शान्ति पूर्ण  तरीकाले आन्दोलनलाई अघि बढाउन सुझाव दिएका हुन् ।

    नेताहरूका अनुसार आन्दोलन उत्तेजक हुँदा राजनितिक दहरूबीचको सम्बन्धमा असर पुग्ने र असामान्य स्थितीको सृजना हुने भएकाले संयम भएर आन्दोलन गर्न सुझाव दिईएको हो ।

    बैठकपछि कांग्रेस जिल्ला  सभापति डाक्टर भुपेन्द्र खड्का, एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृतका जिल्लार् इञ्चार्ज शिवकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र राप्रपा अध्यक्ष एकेन्द्र रावलले छलफल र वार्ताको माध्यमबाट राजनितिक निकास खोज्न केन्द्रिय नेताहरूलाई सुझाव दिनुभएको छ ।

    आमहडतालका कारण जनजिवन कष्ट पूर्ण  भएकाले भन्दै उहाँहरूले देशलाई छिटो राजनितीक निकास दिएर संविधाना निर्माण गर्ने महत्व पूर्ण जिम्मेवारी पुरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुरत केसी/म्याग्दी वैशाख २१ गते

No comments: