Wednesday, May 19, 2010

खोला तरेर यात्रा गर्नुपर्ने बाध्यता

दरबाङ-देविस्थान कच्चि सडक निर्माण गर्ने क्रममा घाडेटोबाटो अवरुद्ध बनेपछि पश्चिम म्याग्दीका ५ गाविसका बासिन्दाहरू म्याग्दी नदीमा जंघार तरेर यात्रा गर्न बाध्य बनेका छन् ।

देविस्थान ९ थापाचौर देखि सोही गाविसको १ नम्बर बडामा पर्ने जुक्जा कोटखोला जोड्ने सडक निर्माण गर्ने क्रममा दरबाङ-ताकम घाडेटोबाटो अवरुद्ध बनेको हो । धुले पहिरोले सडक अवरुद्ध पारेपछि ताकम, मुना, मुदी, लुलाङ र गर्ुजा गाविसका बासिन्दा समस्यामा परेका हुन् ।

त्यस क्षेत्रका बासिन्दाहरू घाडेटो बाटोको विकल्पमा दरबाङको स्यालीखेत हुँदै म्याग्दी खोला तरेर रानीबास भएर यात्रा गर्न बाध्य बनेका ताकम धारापानीका तुलसी पौडेलले जनाउनु भएको छ । भिरको घोडेटोबाटो पहिरोले अवरुद्ध पारेपछि ताकम क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी पनि हुन नसकेको दरबाङका ब्यावसायीहरूले बताएका छन् । 

र् र्सवसाधारण र दरबाङ भएर राउण्ड धौलागिरिको पदयात्रामा जाने संयौ पर्यटकहरू म्याग्दी खोलामा जंघार तरेर जोखिमपर्ूण्ा तवरले यात्रा गर्न बाध्य बनेका छन् । बिरामी, बृद्धबृद्धा, बालबालीकालाई वारपार गर्न थप कष्ट भएको छ । "बाटोनै नभएपछि धेरै मानिसहरू म्याग्दी नदी तर्न नसकेर दरबाङ तर्फआउन र दरबाङबाट ताकमतर्फजान पाएका छैनन" ताकमका प्रकाश सुवेदीले भन्नुभयो । 

देविस्थान गाविसको रू. १९ लाख र गाउँबाट विदेशीएका युवाहरूको रू. ६ लाख आर्थिक सहयोगमा गत बैशाख पहिलोहप्ता देखि डोजर प्रयोग गरेर कच्ची सडक निर्माण गर्न सुरु भएको थियो । 

No comments: