Wednesday, May 19, 2010

खडेरीले पानी नपरेपछि भूमेको पुजाअर्चना

खडेरीले खेतवारीमा मकै लगाएतका वाली सुक्न थालेपछि म्याग्दी राखुका कृषकहरुले पानी माग्दै अखण्ड किर्तन र भूमेबराहको पुजाअर्चना शुरु गरेका छ ।

खडेरीले खेतवारीमा लगाएको अन्नवाली सुकेर नष्ट भएको र धान, कोदो लगाएतका वालीको वीउ समेत राख्न नसकेपछि राखु भगवती तथा पिप्ले गाविसवासीले पानीको भाकल गर्दै भूमेबराहको पुजाअर्चना गरेका हुन् । त्यसैगरी पश्चिम बरजा, ताकम लागएत वस्तीका कृषकहरुले भगवान महादेव र्रर् इन्द्रसंग पानी माग्दै महिना देखी अखण्ड कृतन गर्दै आएका छन् । 'हरहर महादेव पानी देउ † भन्दै पुजा अर्चना र भजन गर्दै आएका छौं' ताकमकी कृषक हरीकला सुवेदीले बताईन् ।

लामो समयदेखी पानी नपर्दा गहुंबाली नपाक्दै सुकेको छ भने उकेरा लागाउने बेलाको मकैवाली सुकेर नष्ट भएको छ । जिल्लाको मध्य तथा पश्चिम भेगमा खडेरीले बढी असर गरेको छ । खडेरीले मुल सुक्न थालेपछि कृषकले धानको वीउ समेत  राख्न पाएका छैनन् । कोदोको वीउको ब्याडमै सुकेको छ भने कतै वीउनै उम्रेको छैन् ।

'खडेरीले मकै सुकेर सर्ूर्तिखाने झै भएको छ । पानीको मुहान सकेकोले धानको वीउ ब्याडमा राख्न पाईएको छैन । त्यसैले भूमेबराहलाई बोकाको वली चर्ढाई पानीको वर मागेका हौं' रीम मल्लले सुनाए ।

उच्च लेकाली वस्तीमा मध्य जेठ महिना देखी नै धान रोप्नु पर्ने हुन्छ । समय मै धान नरोपे साउनमहिनादेखी पानी चिसो हुनेहुंदा धानको उत्पादन हुंदैन । तर जेठ पहिलो हप्तासम्म किसानले धान र कोदोको वीउ जमाउन सकेका छैनन् ।

खडेरीले अन्नबाली मात्र सुकेको छैन, खेतवारी र खरवारीमा हरियो घा“स समेत पलाएको छैन् । पाखोमा घा“स नपलाउ“दा फुकुवा गाईभैसी र बाख्रालाई चरनको समस्या भएको छ ।

त्यसैगरी म्याग्दीको दाना र नारच्याङ गाउका वासिन्दाहरुले मंगलवार भुमेपुजा सम्पन्न गरेका छन् । म्याग्दीको प्रशिद पर्यटकीय स्थल रुप्से छहरा र अन्धगल्छीको संगमस्थलमा अवस्थित भुमेथान मन्दिरमा भुमेपुजा सम्पन्न भएको हो ।

सो भुमेपुजामा १सय १० भेडाका साड र ९ सय ६० वटा कुखुराका भालेको वली दिइएको थियो ।

भुमे पुजाका लागि म्याग्दीका विभिन्न गाविस लगाएत छिमेकी जिल्ला पर्वत, मुस्ताङ र कास्कीदेखि पनि भक्तजनहरु समावेस भएका थिए ।

   सहकाल र अन्न उत्पादनका देवताको रुपमा प्रत्येक वर्षभुमेपुजा गरिदै आएको स्थानीय वासिन्दाहरुले वताएका छन् । भुमेपुजावाट ४५ हजार रुपैयाँ नगद संकलन भएको र सो रकम भुमे मन्दिरको जीर्णोद्दारका लागि खर्च गरिने वताइएको छ ।

No comments: