Thursday, May 06, 2010

सडक निर्माण मन्दिर जिर्णोद्धार

म्याग्दीको बरङ्जा गाविसको पखेर देखि बरङ्जा हुँदै तिलघर जोड्ने कच्ची सडक निर्माण भएको छ ।

गाविसको ९ लाख रुपैया लागतमा ६ किलोमिटर सडक निर्माण भएको निर्माण समितिका सचिव योगेन्द्र शेरचनले बताउनुभयो । सडक निर्माण भएपछि स्थानीयबासीहरू उत्साहीत भएका त्यहाँबाट कृष्णप्रसाद सापकोटाले जनाउनुभएको छ ।

सडक निर्माण भएपछि तरकारी, अन्नबाली र दूग्धजन्य पदार्थको बजारीकरण गर्न सहयोग पुग्ने आशा गरेको बरङ्जा ८ का कृषक डिलप्रसाद आचार्यले बताउनुभयो ।

त्यसै गरी म्याग्दीको पुलाचौर गाविस ५ गाजने स्थित ऐतिहाँसीक जगन्नाथ मन्दिरको जिर्णोद्धार गरिएको छ ।

गत वर्षेखि छानो भत्कीएर मर्मत हुन नसकेको मन्दिर स्थानीयबासीले श्रमदान गरेर जिर्णोद्धार गरेका त्यहाँबाट निलकष्ठ शर्माले जानकारी दिनुभयो ।

आर्थिक अभावमा खरले छाएर मन्दिरको छानो जिर्णोद्धार गरिएको स्थानीयबासीले बताएका छन् । ६ सय वर्षुरानो मन्दिरमा पुजाआजा गरेमा खडेरी, वषर्ार्, वाढी पहिरो लगायत प्राकृतीक विपत्ति नहुने जनविश्वास रहेको छ ।

यसैगरी सोही मन्दिर परिसरमा बिहीबार सम्मका लागि ३ दिने यज्ञ सञ्चालन गरिएको छ । पानी पार्न र शान्तीको कामना गर्दै यज्ञ सञ्चालन गरिएको हो । यज्ञमा सहभागि हुन छिमेकी गाविसबाट भक्तजनहरू आएका छन् ।

No comments: