Saturday, May 29, 2010

बिरामीको चाप बढ्दो

सदरमुकाम बेनी स्थित जिल्ला अस्पतालमा केही दिनयता बिरामीको चाप बढेको छ ।

अस्पतालका अनुसार मौसम परिवर्तनसँगै उपचारका लागि आउने बिरामीहरूको संख्या बढेको हो ।

अस्पतालको बहिरंग बिभागमा दैनिक ६० देखि ७० जनाको अनुपातमा बिरामीहरू आउने गरेका छन् । झडापखला, र्टाईफाईड र जन्डिसका बिरामी बढेका अस्पतालले जनाएको छ ।

बिरामीको चाप हुँदा पर्ुवाधार अभावमा उपचार गर्न समस्या परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

अस्पतालको क्षमता बिस्तार गरि १५ बाट २५ पुर्‍याएपनि पर्याप्त भवन र जनशक्तिको अभाव भएका कारण बिरामीहरू मर्कामा परेका हुन् ।

लामो समयसम्म स्वास्थ्यकर्मी कर्ुर्नुपर्ने समस्याका कारण समयमै उपचार पाउन नसकिएको आफन्तको उपचारका लागि अस्पताल आउनुभएका अर्थुङ्गेका रामजी बानियाले बताउनुभयो ।

'घण्टौ सम्म स्वास्थ्यकर्मी पर्खनुपर्ने समस्याका कारण बिरामी मर्कामा त परेका छननै त्यसपनि स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार पनि नहुँदा दुख लाग्छ’ बानियाले भन्नुभयो ।

तीन स्टाफ नर्सको दरबन्दी भएपनि हाल एक जना पनि कार्यरत छैनन् । फोहोर व्यवस्थापन पनि म्याग्दी अस्पतालको प्रमुख समस्या बनेको छ । उपचार कक्ष दर्ुगन्धीत हुँदा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी स्वयम प्रभावित बनेको बताउँछन् ।

समस्या समाधान गर्न प्रयास गरिरहेको भएपनि राजनितिक, सामाजिक र अन्य सरोकारवाला निकायले पर्याप्त सहयोग नगर्दा सफल हुन नसकेको अस्पतालका प्रमुख डाक्टर लालबहादुर मल्लले बताउनुभयो ।

No comments: