Sunday, May 23, 2010

गाविसको भवन पुननिर्माण

द्धन्द्धका समयमा ब्रि्रोही पक्षबाट क्षत्ती पुर्‍याइएको म्याग्दीको दरबाङ गाविसको भवन पुननिर्माण भएको छ ।

दरबाङ स्थित गाविस भवन २०५९ सालमा त्ात्कालीन ब्रि्रोही पक्ष माओवादीबाट आगो लगाई ध्वस्त पारीएको थियो । शान्ति तथा पूननिर्माण मन्त्रालयको पुननिर्माण तथा पुनस्थापना कार्यक्रमको सहयोगमा भवन पुननिर्माण भएको हो ।

शान्ती तथा पुननिर्माण मन्त्रालयको २२ लाख रुपैया आर्थिक र जिल्ला प्राविधिक कार्यालयको प्राविधिक सहयोगमा भवन पूननिर्माण भएको गाविसको कार्यालयले जनाएको छ । २ तले ६ कोठे भवन भवनबाट गाविसको कामकाज सुचारु गर्ने तयारी भइरहेको जनाईएको छ । हाल गाविसले सदरमुकाम र गाउँबाट सेवा प्रदान गर्दै आएको छ ।

गत वर्षजिल्लाका ८ वटा गाविस भवन पूननिर्माण गर्न बजेट बिनियोजन भएको थियो । हाल सम्म पुलाचौर, दाना, घतान, बाबियाचौर र दरबाङ गाविसको भवन पूननिर्माण भइसकेका छन् । अन्य गाविसका भवन निर्माणधिन छन् ।

जिल्ला विकास समितिको कार्यालय, म्याग्दीका अनुसार चालु आर्थिक वर्षा पनि अर्मन, बरङ्गा लगायत ५ वटा गाविस भवन पूननिर्माण गर्न प्रक्रिया सुरू भएको छ ।

No comments: