Monday, May 17, 2010

वनरक्षक खडानन्द सूवेदी मृत भेटीए

म्याग्दीको पाखापानी रेञ्जपोष्टमा कार्यरत वनरक्षक खडानन्द सूवेदी मृत अवस्थामा भेटीनु भएको छ ।

शनिबारदेखि सर्म्पर्क विहीन हुनुभएका अर्थुङ्गे ४ का ५० वषिर्य सूवेदी पाखापानी र दग्नाम गाविसको सिमानामा राहुघाट नदीको किनारमा मृत अवस्थामा फेला पर्नुभएको हो ।

दग्नाम देखि पाखापानी जाने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आईतबार दिउँसो मृत भेटीनुभएका सूवेदीको शवलाई पोष्ट मार्टमका पछि सोमबार आफन्तलाई जिम्मा लगाइयको प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक मल्लका अनुसार सूवेदीको मृत्युका कारणबारे अनुसन्धान भइरहेको छ ।

No comments: