Thursday, May 13, 2010

एम्बुलेन्स सेवा शुरु

म्याग्दीको पश्चीमी क्षेत्रका बासिन्दाहरूका लागि बिहीबारदेखि स्थानीय रुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

भुपु सैनकि कल्याणकारी सेवा केन्द्र दरवाङ उपशाखाले दरबाङमा एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । एम्बुलेन्स सेवाबाट पश्चिम म्याग्दीका १७ गाविसका बासिन्दा लाभान्वित हुने एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष शिवनारायण पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार सो एम्बुलेन्सबाट दरबाङ, बिम, रुम, ओखरबोट, देविस्थान, निस्कोट, अर्मन, बाबियाचौर, ताकम, मुना, मुदी, गर्ुजा, मराङ लगायत जिल्लाका दर्ुगम गाविसका बासिन्दा लाभान्वित हुनेछन् ।

सो क्षेत्रका बासिन्दा हालसम्म सदरमुकाम बेनीमा सञ्चालित एम्बुलेन्स सेवामा निर्भर थिए । एम्बुलेन्स सञ्चालन भएपछि स्थानीयबासीले समयमै स्वास्थ्य सेवा उपभोग गर्न पाउने सञ्चालक समितिका सचिव मिनबहादुर सिङ्थानीले बताउनुभयो ।

तीन वर्षघि भारत सरकारले भुपु सैनीक कल्याणकारी सेवा केन्द्र बेनीलाई उपलब्ध गराएको एम्बुलेन्स केन्द्रले मंगलबार उपशाखालाई उपलब्ध गराएको थियो ।

No comments: