Thursday, May 13, 2010

विकासले गरेको विनासको यो नमुना

म्याग्दी जिल्लाको हिस्तान गाविस औलामा मोटरबाटो खन्ने क्रममा खानेपानी योजनाको संरचना भत्कीएपछि गाउँमा खानेपानीको अभाव भएको छ ।

सडक निर्माण गर्ने क्रममा डोजरले गाउँमा ल्याइएको खानेपानी योजनाको पाईप बिगारेपछि स्थानीयबासी समस्यामा परेका हुन् । डोजरले स्थानीय रिम खोलाबाट गाउँमा पानी ल्याउन गाडीएको पाईपको संरचना बिगारेको हो ।

१५ दिन अघि योजनाका संरचना डोजरले लथालीङ्ग पारेपछि हिस्तानको ७ र ८ नम्बर वडामा पर्ने औला गाउँमा बसोबास गर्ने एक सय ४४ घरपरिवार समस्यामा परेका हुन् ।

औलाबासी खानेपानी खोज्न रिम खोला र कुवा तथा खोल्सामा पुग्ने गरेको स्थानीय चमानसिङ पर्ुजाले जानकारी दिनुभयो । खडेरीको समयमा पानी खोज्न कुवा, कुलो र खोलामा पुग्नुपर्दा उनीहरूको जिपनयापन कष्टकर बन्नुका साथै दिनचर्या पनि प्रभावित भएको  छ ।

रिमदेखि बैशरी जोड्ने सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको संरचना बिगारेको हो । आर्थिक अभावमा योजनाका संरचना मर्मत हुन सकेको छैन । स्थानीय शिवबहादुर गर्जुजा, रुपबहादुर पर्ुजा, होमबहादुर पर्ुजा र सहविर पर्ुजाको अगुवाईमा खानेपानीको समस्या समाधान गर्न पहल भईरहेको जनाइएको छ ।

No comments: