Wednesday, May 05, 2010

खरायो पालनतर्फ आकरसीत

म्याग्दीको हिस्तान गाविस ९ दोसल्लेका कृषकहरू खरायो पालनतर्फआकषर्ीत भएका छन् ।

एकवर्षता दोसल्लेबासी ब्यवसायीक खरायोपालनतर्फआकषर्ीत भएका हुन् । घरायसी प्रयोजनका लागि खरायो पाल्ने गरेका त्यहाँका बासिन्दाले अहिले खरायोपालनलाई ब्यवसायीक बनाएका छन् ।

३६ घरपरिवारले बसोबास गर्ने दोसल्लेका अधिकांश कृषकले खरायो पालनेका छन् । एउटा घरमा ४ वटा देखि २० वटा सम्म खरायो पालीएका छन् । बजारको राम्रो सम्भावना भएकाले खरायोपालन गरेको स्थानीयबासीको भनाई छ ।

गत वर्षछिमेकी रिम गाउँबाट एउटा खरायो ल्याएर ब्यवसाय सुरु गर्नुभएकी स्थानीय देवी पाईजाले खरायोपालनको राम्रो सम्भावना भएको बताउनुभयो । प्रतिकिलो १ सय ५० का दरले खरायो बिक्री गर्ने गरेको पाईजाले बताउनु भएको छ ।

कम लगानी र फर्ुसदको समयमा गरिएको खरायोपालन बाट छोटो समयमा मनग्य आम्दानी गर्न सकिने माध्यम भएको दोसल्लेका कृषकले बताएका छन् । खेर जाने अन्न खरायोपालन गर्न थालेपछि सदुपयोग हुन थालेको छ ।

२०६७ बैशाख २१ गते दिउँसो १२.१५ बजे                                    सन्तोष गौतम

No comments: