Wednesday, May 19, 2010

तातोपानी बजार संरक्षण

म्याग्दी र मसार खोलाको कटानका कारण जोखिममा परेको सिङ्गा गाविस ४ तातोपानीमा तटबन्ध निर्माण भएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखरा र नेपाल रेडक्रस सोर्साईटी कास्की शाखाको आर्थिक सहयोगमा म्याग्दी र मसार खोलाको किनारमा तारजाली भरेर तटबन्ध गरिएको हो ।

कार्यालयको रु. ३ लाख २८ हजार, कास्की रेडक्रसको रु. १ लाख ४० हजार र स्थानीयबासीको रु. १ लाख ५० हजार बराबरको श्रमदानमा तटबन्ध गरिएको तातोपानी बजार संरक्षण समन्व्य समितिका अध्यक्ष मिनबहादुर बानीयाले जानकारी दिनुभयो ।

अध्यक्ष बानीयाका अनुसार म्याग्दी र मसार खोलाको किनारमा कटान रोक्न १ सय १६ थान तारजाली भरीएको छ । तटबन्ध निर्माण भएपछि मसार, उपल्लो तातोपानी र तल्लो तातोपानी बजारका बासिन्दाले राहत महशुस गरेका त्यहाँबाट गोपाल के.सीले जानकारी दिनुभयो ।

त्यसैगरी सिङ्गा गाविसको ९० हजार र स्थानीय बासीको रु. १ लाख ३ हजार लगानीमा बजार तर्फकटान भईरहेको म्याग्दी नदीको बहाव व्यवस्थित गरिएको छ ।

No comments: