Tuesday, May 25, 2010

म्याद थप्नुको विकल्प छैन

जिल्ला स्थित राजनितिक दलका, नागरीक समाज, बुद्धीजिवी, प्राध्यापक र विभिन्न पेशाकर्मीहरूले निर्धारित समय मा संविधान जारी हुने अवस्था नभएकोमा चिन्ता व्यक्त गर्दै सहमती मार्फ म्याग्द थप गरि संविधान निर्माण गर्न सुझाव दिनुभएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र -इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले मंगलबार बेनीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरू यस्तो सुझाव दिनुभएको हो ।

प्राध्यापक तारानाथ शर्माले प्रस्तुत गर्नुभएको  "लोकतन्त्र, शान्तिप्रक्रिया र संविधानसभा अवस्था र चुनौती विषयक" कार्यपत्र माथि छलफल गर्दै सहभागीहरूले दलहरूबीचमा रहेको आपसी अविश्वास समयमै संविधान निर्माण हुन नसक्नुको मुख्य कारण भएको निष्कर्षनिकालेका छन् ।

कार्यक्रमका सहभागीहरूले विगतका कमजोरी सच्याउँदै निश्चित समयका लागि आधार तयार गरि संविधान सभाको म्याद थप्न सुझाव दिएका हुन् । राजनितिक दलहरूबीच अहिलेको जस्तै मतभेद कायमै रहेमा २ वर्षम्म पनि बन्न नसकेको संविधान ६ महिना थप गर्दैमा नबन्ने बताएका थिए ।

देशभित्रका राजनितिक दलहरूबीच आपसी बिवाद भईरहँदा विदेशी हस्तक्षेप बढ्ने र राष्ट्रियता खतरामा पर्ने उनीहरूको तर्क थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसका जिल्ला सभापति डाक्टर भुपेन्द्र खड्का, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एकिकृतका शिवकुमार श्रेष्ठ, राप्रपा नेपालका एकेन्द्र रावल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला न्यायाधिस कासीनाथ पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, नागरीक समाजका संयोजक र्सर्ुदशनकुमार श्रेष्ठ, स्थानीय शान्ति समितिका ध्रबुलाल शर्मा, गैरसरकारी संस्था महासंघका हरि पौडेल, अपाङ्ग संघकी जिल्ला अध्यक्ष तिर्थकुमार श्रेष्ठ, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखा रेग्मी र द्धण्दपिडित केपी अधिकारीले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलका सभापतित्व र जिल्ला प्रतिनिधी घनश्याम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत गणेश श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

No comments: