Wednesday, May 19, 2010

गाउँमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

महिला विकास कार्यालय म्याग्दीले दरबाङ गाविसमा घुम्ती शिवीर सञ्चालन गरि अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

फरक क्षमता भएका व्यक्तिहरूलाई सहज रुपमा अपाङ्गता परिचयपत्र उपलब्ध गराउन ग्रामिण क्षेत्रमा शिवीर सञ्चालन गरिएको हो । मंगलबार दरबाङ क्षेत्रका ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएको निमित्त कार्यालय प्रमुख कल्पना सापकोटाले जानकारी दिनुभयो ।

शिवीरमा ख बर्गका १७, ग वर्गका ९ जना र घ वर्गका ४ जना पुरुष तथा ६ जना महिलालाई परिचयपत्र वितरण गरिएको थियो । शिवीरबाट दरबाङ, निस्कोट, ताकम, मुना, मराङ, अर्मन र देविस्थान गाविसका फरक क्षमता भएका व्यक्तिहरूले सेवा लिएका थिए ।

त्यसैगरी आईतबार भुरुङ तातोपानी गाविसमा २२ जना फरक क्षमता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरीएको थियो । गाउँमै परिचयपत्र पाएपछि फरक क्षमता भएका व्यक्तीहरू हषर्ीत भएका छन् ।

No comments: