Saturday, May 08, 2010

सरकारी कार्यालय बन्द

एकिकृत नेकपा माओवादीले आव्हान गरेको आम राजनितिक हडतालको ५ औ दिन सम्म आंशीक खुलेका म्याग्दीका सरकारी कार्यालयहरू शुक्रबारदेखि पर्ूण्ा रुपमा बन्द भएका छन् ।

माओवादी आन्दोलन उत्तेजक बन्न्ा थालेपछि सदरमुकाम बेनीस्थित सरकारी कार्यालयहरू बन्द भएका हुन् । कर्मचारीहरू कार्यालय बन्द गरेर घर बिदामा बस्न थालेका छन् ।
"कार्यालय खोले पनि काम हुँदैन, शुक्रबारदेखि त झन पर्ूण्ा रुपमा बन्द भएपछि कार्यालयमा बस्नुको अर्थनै भएन्" कार्यालय बन्द भएपछि घर जान हिँदेका सरकारी कार्यालयका कर्मचारीहरूले भनेका छन् ।

बिहीबार माओवादी कार्याकर्ताहरूले जिल्ला पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, बन र महिला विकास कार्यालयमा तोडफोड गरेका थिए । उत्तेजीत माओवादी कार्याकर्ताहरूले हडतालको समयमा कार्यालय खोलेको भन्दै तोडफोड गरेका हुन् ।
तोडफोड र अन्य क्षत्ती हुने डरले शुक्रबारदेखि जिविस, मालपोट, नापी, शिक्षा लगायत सबै सरकारी कार्यालयहरू पनि बन्द भएका छन् । यसैबिच बजार बन्द गराउँदै हिँडेका वाईसीएल कार्याकर्ताहरूले शुक्रबार बिहान पर्वत बेनी स्थित एउटा चिया पसलमा तोडफोड गरेका छन् ।

पसलको सोकेसको सिसा फुर्टाई बिक्रीका लागि राखिएका तयारी वस्तुहरू लथालीङ्ग पारिदिएको पसल सञ्चालक प्रकाश सुवेदीले बताउनुभयो ।

२०६७ बैशाख २४ गते दिउँसो १२.१५ बजे                                            सन्तोष गौतम

No comments: