Thursday, May 20, 2010

२ सय १० सोलार सेट जडान

जिल्ला ऊर्जा तथा वातावरण शाखा, म्याग्दीले जिल्लाका विभिन्न गाविसमा २ सय १० घरमा सोलार सेट जडान गरेको छ ।

राष्ट्रिय प्रसारण लाइन नपुगेका र लद्युजलविद्युत परियोजना को सभ्भावना नभएका बस्तीमा सोलार सेट जडान गरिएको हो ।

सोलार सेट जडान गरिएपछि ६ गाविसका एक हजार बासिन्दा लाभान्वित भएको सो शाखाले जनाएको छ । अर्मन, ओखरबोट, रुम, दरबाङ लगायत गाविसमा सौर्य उर्जा वितरण गरिएको हो ।

सोलार जडान भएपछि बालबालिकालाई पठनपाठन गर्न र टिभीमा देशविदेशका समाचार हर्ेन सुविधा पुगेको भन्दै गाउँलेहरु दङ्ग छन् ।

त्यसैगरी शाखाद्धारा सञ्चालित ग्रामिण उर्जा विकास कार्यक्रमले वातावरण संरक्षण तथा सरसफाईमा सहयोग गर्ने उद्देश्यले जिल्लाभर ५ सय वटा चर्पि जडित वायोग्याँस पलान्ट जडान गरेको उर्जा विकास अधिकृत यादव न्योपानेले जानकारी दिनुभयो ।

No comments: