Friday, May 07, 2010

तातोपानी डुब्न आएका बिरामी घर र्फकन पाएनन्

एकिकृत नेकपा माओवादीको अनिश्चितकालीन आमहडताका कारण म्याग्दीको तातोपानी कुण्डमा उपचार गर्न आएका बिरामीहरू घर र्फकन सकेका छैनन् 

तातोपानीमा डुबेर उपचार गर्न कास्की, चितवन, बर्दीया, झापा, तनहुँ, कपिलबस्तु, काठमाडौ लगायतका ठाउँबाट आएका बिरामीहरू घर र्फकन नपाएर चिन्तित बनेका स्थानियबासी गोपाल के.सीले बताउनु भएको छ ।

विभिन्न जिल्लाका ७० जनाभन्दा बढी बिरामीहरू घर र्फकन नपाएका हुन् । सवारी साधन बन्द भएपछि घर र्फकन नपाउँदा समस्यामा परेको पोखरा बुद्धचोकका ८४ वषिर्य नरकाजी गौचनले बताउनुभयो ।

"हिँडेर जानु सकिन्न, गाडी बन्द छ, खर्च पनि सकिन थाल्यो, चिन्ताले सताएको छ" १६ दिनअघि तातोपानी डुब्न आएका गौचनले भन्नुभयो ।
 

No comments: